टोकियो/जापान। टोकियो तथा ओसाका लगायत जापानभरका विभिन्न स्थानहरुमा दादुराका बिरामीहरु एकपछि अर्को पुष्टि भएका छन्।
विज्ञहरुका अनुसार, विदेशबाट फर्केका वा पर्यटक भएर जापान प्रवेश गरेका व्यक्तिहरु मार्फत यो रोगको संक्रमण फैलिएको विश्वास गरिएको छ। जापानभर संक्रमण बढेपछि जापानबाट विदेश जानेहरुले खोप लगाए/नलगाएको प्रष्ट गरि, एन्टिबडीको अवस्था जाँच गर्नुपर्ने तथा आवश्यक परे खोप लगाउनु पर्ने बारे विचार गर्न आग्रह गरिएको छ ।
दादुरा,दादुरा भाईरसको संक्रमणबाट हुने एक संक्रामक रोग हो । जुन अत्यन्तै संक्रामक हुने गर्दछ। यो रोग
रोगीसंगको सम्पर्कबाट मात्रै होइन हावाबाट पनि सर्न सक्ने मानिन्छ।
गत महिनादेखि विभिन्न ठाउँमा एकपछि अर्को गरी दादुराको संक्रमण भेटिन थालेको जापानको नारा प्रिफेक्चरमा विदेशबाट जापान आएका एक पुरुषमा सङ्क्रमण देखिएको र उक्त व्यक्तिसँग सम्पर्कमा आएका अर्का पुरुषमा सङ्क्रमण देखिएको खुलासा भएको छ ।
यसका साथै, यो महिनाको १ तारिख संयुक्त अरब इमिरेट्सबाट फर्किएका ओसाका प्रिफेक्चरका एक व्यक्तिमा दादुराको संक्रमण भएको पत्ता लागेको थियो।
यदि दादुराको लक्षणहरु देखिएमा,सार्वजनिक यातायात तथा सार्वजनिक स्थलहरुको प्रयोग नगरि,स्वास्थ्य संस्थामा उपचारका लागि जानका लागि आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




