टोकियो/जापान। जापानको राजधानी टोकियोमा पहिलो पटक आयोजित चैत्राष्टमी मेला २४,बिहिबार भव्यरुपमा सम्पन्न भएको छ।
बागलुङ समाज जापान तथा बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा जापान टोकियोको नाकानोस्थित जेरो हलमा आयोजित मेलालाई हरेक वर्ष बागलुङमा मनाईने ऐतिहासिक,धार्मिक र सांस्कृतिक मेलाकै झल्को दिनेगरी व्यवस्थापन गरिएको थियो।
बागलुङको बागको शालिकदेखि ताराखोले काईँयोसम्म
चैत्राष्टामी मेलामा बागलुङको पहिचानको रुपमा रहेको बागको शालिक तथा बागलुङ कालिका मन्दिरमात्रै नभई बागलुङ जिल्लामानै उत्पादन हुने,बाँस तथा चोयाका सामाग्रीहरु,प्रसिद्ध ताराखोले बाँसको काईयो,हँसिया,खुर्पेटो,बाँसुरी, खैँचडी मादल लगायतका सामग्रीहरुको प्रदर्शनी तथा बिक्री बिरण गरिएको थियो। यसका साथै बागलुङमानै उत्पादन हुने कोदोको पिठोबाट बनेको बिस्कुट लगायतका उत्पादनहरु पनि रहेको थिए।

२० वटा मादल एकै साथ एकै तालमा
मेला स्थल बाहिर बागलुङ र बागलुङका विशेष स्थल,उत्पादनहरुको प्रदर्शनी गरिएको थियो भने भित्र खचाखच दर्शकहरुको उपस्थितिमा विभिन्न सांगितिक तथा सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए। यसैक्रममा,जापानमै रहेका बागलुङे तथा म्याग्देली वाद्यवादकहरुले एकै साथ २ दर्जनबढी मादलहरु एकै साथ एकै तालमा बजाएर ऐतिहासिक उत्कृष्ट प्रस्तुती पस्किएका थिए।
भजनदेखि प्रत्यक्ष दोहोरीसम्म
मेलामा नेपालबाट आमन्त्रित चर्तिच लोक तथा दोहोरी गायिका तारा थापा तथा जापानमै रहेका लोकदोहोरीका स्थापित गायक युवराज आचार्य एवं लोकप्रिय गायक सूर्य थापाको प्रत्यक्ष घम्साघम्सीपूर्ण प्रत्यक्ष दोहोरी पनि चलेको थियो । सांगितिक प्रस्तुतीहरुमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जापान शाखाका पदाधिकारी तथा कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको थियो।
तारा थापा,बसन्त थापा र समिक्षा अधिकारीको प्रस्तुतीसंगै झुमे दर्शक
जापानलाई नै कर्म थलो बनाउँदै आएका लोकप्रिय कलाकर्मीहरुको प्रस्तुतीमै झुमिरहेका दर्शकहरुलाई नेपालबाट आएका तारा थापा,बसन्त थापा तथा समिक्षा अधिकारीको प्रस्तुतीले मन्त्रमुग्ध बनाएको थियो।

राजदूतदेखि अधिकांस संघसंस्थाहरुको उपस्थिति
मेलाको औपचारिक कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास टोकियो जापानका राजदुत डा. दुर्गाबहादुर सुबेदी, बिशिष्ठ अतिथी नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण केसी, एनआरएनए आईसिसि ऊपाध्यक्ष रोविन शेरचन,एनआरएनए जापानका अध्यक्ष नविन निऊरे लगायत बिभिन्न सघंसस्थाका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो । साथै नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव राजन गौतम,पत्रकारहरु दिपक गौतम ,गोकर्ण अधिकारी ,मनिसा चम्लागाईँ,विश्वास आचार्य लगायत पनि सहभागी भएका थिए।
जापानमा अध्ययनरत नेपाली बालबालिकाहरुको प्रस्तुती
कार्यक्रममा जापानमा नेपाली समुदाद्वारा संचालन गरिएका एभरेष्ट ईन्टरनेसनल स्कुल तथा हिमालयन एकेडेमीका विद्यार्थीहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।
मेलाको औपचारिक कार्यक्रम बागलुङ समाज र बिहुँकोट समाज जापानका महासचिवद्वय सचिन आचार्य तथा अर्जुन कँडेलले संचालन गरेका थिए भने अनौपचारिक खण्डमा भने गायक तथा संगितकार रामकृष्ण बम मल्ल र रबिन शर्माले संचालन गरेका थिए।
मेलाको मूल आयोजक समितिलाई बागलुङ समाज जापानका अध्यक्ष यमकान्त कँडेलले संयोजन गरेका थिए भने बिहुँकोट समाज जापानका अध्यक्ष दीपक कँडेलले मूल आयोजक समितिको सभापतित्व गरेका थिए । यसका साथै टिकाराम कँडेलले आर्थिक संयोजनको जिम्मेवारी निभाएका थिए।
पहिलो बागलुङ रत्नकारुपमा दीपक सुवेदीलाई सम्मान
बागलुङ समाज जापान र बिहुँकोट जापानद्वारा आयोजित पहिलो चैत्राष्टामी मेलाको अवसरमा बागलुङ जिल्लाको काँठेखोला गाउँपालीका वार्ड नम्बर ५ कर्लिम स्थायी घर भई पछिल्लो २ दशकदेखि जापानमा सफल व्यवसायीको पहिचान निर्माण गर्दै सयौँलाई रोजगारी सिर्जना गर्न सफल व्यवसायी तथा सामाजिक व्यक्ति दिपवे जापानका प्रमुख एवं दिपवे फाउन्डेसनका संस्थापक दिपक सुवेदीलाई पहिलो बाग्लुङ रत्नका सम्मान गरिएको थियो । सुवेदी आयोजक दुबै संस्थाको संरक्षक समेत रहेका छन् ।

मेला मूल आयोजक समितिले, कार्यक्रम संचालक,प्रचार-प्रसारमा सहयोग गर्ने सम्पूर्ण संचारकर्मी,सुरक्षा तथा स्वंयमसेवकिय सयोजन गर्ने दिपक बाबु नेपालका साथै प्रायोजन गर्ने व्यवसायीक फर्म तथा संघ-संस्थाहरुप्रति कृतज्ञ व्यक्त गरेको छ।
यसका साथै मूल आयोजक समितिले सम्पुर्ण काममा दिशानिर्देश गर्ने बिहुँकोट तथा बाग्लुङ् समाज जापानका सरंक्षक दिपक सुबेदी, सह- सरंक्षक डिपी कंडेल , बिहुँकोट समाज जापानका परीकल्पनाकार पण्डित देविलाल सुबेदी, बागलुङ समाज जापानका पूर्व अध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायतमा धन्यबाद ज्ञापन पनि गरेको छ।
यसैगरी समितिले, यतिको भव्य र ऐतिहासिक कार्यक्रममा महत्वपूर्ण भुमिका मा रहेको राष्ट्रिय लोक दोहोरी गित प्रतिस्ठान नेपाल जापान साखा, आनेसास जापान च्याप्टर , नौमति बाजा समुह , धौलागिरि भजन समुह , गल्कोट समाज जापान , मालिका समाज जापान , पर्वत समाज , वलेवा समाज , मोना जापान , ताराखोला समाज , लेखानि समाज , एन आर एन जापान , निलुवा समाज , कुडुले समाज जापान लगाएत का संध संस्थाहरुका साथै बागलुङ झल्किने गरि बाघ को शालिक र मन्दिर निर्माण गर्ने गुरू प्रसाद सापकोटा तथा दिपक कंडेल लगायतमा विशेष आभार व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




