क्योतो/जापान। क्योतोका तीन प्रमुख चाडहरू मध्येको एक, आओइ महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। बिहिबार आयोजित महोत्सवमा ,परम्परागत जापानी पोशाकमा सजिएका हज्जारौँ मानिसहरु सहभागी भएका थिए।

करिब १ किलोमिटर लामो र्याली, क्योतोको इम्पेरियल प्यालेसबाट निस्किएको थियो । सहभागीहरूले हेयान-काल (७९४-१२ औं शताब्दीको उत्तरार्ध) को शैलीका पोशाकहरु लगाएका थिए। शिमोगामो तीर्थको दर्शन पछि,महोत्सवमा खामीगामो तीर्थमा पुगेर अन्त्य भएको थियो।

क्योतो प्रीफेक्चरल पुलिसका अनुसार करिब ३५ हजार मानिसहरूले सडक छेउबाट महोत्सवलाई साथ दिएका थिए। यस वर्ष महोत्सवमा नायिका सायोदाईको भूमिकामा अकिको माचुमुरा रहेकी थिइन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार