टोकियो/जापान। नेपाली राजदूतावास टोकियो जापानको आयोजना, गैरआवासीय नेपाली संघ जापानको सहकार्य तथा क्षेत्रीय समिति कान्तो , क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा गत १८ तारिखदेखि २४ तारिखसम्म राहदानी सम्बन्धी कार्यका लागि सप्ताहव्यापी घुम्ती सेवा संचालनमा भइरहेको छ।

यस घुम्ती सेवाका संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष सुभास लामिछानेका अनुसार, यस सप्ताहव्यापी कार्यक्रमको सुरुवात, मे १८ र १९ तारिखमा हिमालयन इन्टरनेशल स्कूल कोइबामा सम्पन्न गरिएको थियो । भने २० तारिखबाट एभरेस्ट ईन्टरनेश्नल स्कुल ओगिकुबोमा जारी घुम्ती सेवा २४ तारिखसम्म संचालन रहनेछ।

संयोजक लामिछानेले, राहदानी सम्बन्धी कार्यका लागि गुगल फारम भरेकै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु आफ्नो पालोमा मर्यादित भै अनुशासित रुपमा आवश्यक कागजात,दस्तुर लेटर प्याकसहित आउनका लागि अनुरोध गरेका छन् ।विशेषत इनरोलमेन्ट फर्म भर्न सम्भव हुनेहरुले अग्रिमरुपमा फर्म भरेर जान समेत आग्रह गरिएको छ। इनरोलमेन्ट फर्म भर्दा लोकेशन ,जुनसुकै देशको राखेर भर्न सकिने समेत बताएका छन् ।

लामिछानेले,चिबा क्षेत्रीय समिति,कान्तो क्षेत्रीय समिति तथा सम्पूर्ण सहयोगीहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार