नागोया, जापान । तेस्रो नेपाल फेस्टिवल नागोयाको उद्घाटन भएको छ । जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर केसीको प्रमुख अतिथ्यतामा शनिबार उद्घाटन भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत सुवेदीले यो महोत्सव आयोजनाले हामी नेपाली नेपाली एक हौ भन्ने भावनालाई प्रतिबिम्बीत गरेको छ । जापानबासी नेपाली दाजुभाई दिदिबहिनी सबै मिलेर बसेका छौ भनेर एकताको सन्देश दिएको बताए ।
हाम्रो देश नेपाल चिनाउने सगरमाथाको देश गौतम बुद्धको देश चिनाउने राम्रो अवसर भएको बताउनु भयो । महोत्सवले हाम्र पर्व र परम्परा, कला र संगित, संस्कार र संस्कृती, पहिचान र प्रतिष्ठाको संरक्षण गर्न एकजुट भएको संन्देश दिएको राजदुत सुवेदीले बताए ।
उक्त समारोहलाई सम्बोधन गर्दै आईची प्रिफेक्चरका गर्भनर हिदेयाकी ओमुराले तेस्रो नेपाल फेष्टिबल नागोयाले जापानमा नेपालीहरुको कला संस्कृती भाषा, संस्कार संरक्षणका लागि गरेको यो कार्य अत्यन्तै राम्रो भएको बताए। गभर्नरले जापानी नागरीकले नेपाली नेपालको बारेमा जानकारी पाउने राम्रो अवसर भएको पनि बताए ।
सोहि अवसरमा आफ्नो शुभकामना मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नविन न्यूरेले नेपाली कला सभ्यतालाइ जापान समक्ष पुर्याउन सबै नेपालीहरुले सम्पूर्ण रुपमा सहयोग गर्न अनुरोध गरे ।
नेपाल र नेपालीको पहिचानलाई विदेशी समुदायमा चिनाउने उदेश्यले आयोजित तेश्रो नेपाल फेस्टिवल नागोयामा अत्यन्तै उत्साहजनक रुपमा नेपाली तथा जापानी र अन्य देशका नागरिकहरुको सहभागिता रहेको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए ।
उद्घाटन कार्यक्रम शनिवार कार्यक्रम शुरु हुन पूर्व बिभिन्न भेषभूषामा सजिएका नेपाली समुदायका विभिन्न समुहहरुले झाँकी, बाजागाजा सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो। फेस्टिभलमा नेपालका दुरदराजमा प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु तथा नेपाली परम्पराका बाजा, नेपाली खानाका स्टलहरु अवलोकन गर्न सकिने फेस्टिभल संयोजक देव घिमीरेले बताए ।
कार्यक्रमा नेपाली कलाकारका विभीन्न् प्रस्तुतीका अलावा जापानी कलाकारहरुको समेत प्रस्तुती रहेको थिायो । फेष्टिबल यही जुन ८ र ९ तारिक शनिबार र आईतबारसम्म संचालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




