नागोया/जापान। स्याङ्जा समाज नागोयाले बिगतका वर्षहरुमा जस्तै जुलाई ६ तारिक शनीवार नागोयास्थित आराकोगावा पार्कमा जमघट तथा (BBQ )वनभोज कार्यक्रम गर्ने भएको छ।

स्याङ्जा समाज नागोयाले कार्यक्रम आयोजना गरे पनि कार्यक्रममा स्याङ्जालीहरु मात्रै नभइ,सबैलाई प्रवेश खुल्ला गरिएको  स्याङ्जा समाज नागोयाका महासचिव मनोज ढुंगानाले बताए।
स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देलका अनुसार,खानपिन तथा रमाईलोका लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा नेपाली-नेपाली बिचको सम्बन्ध प्रगाढ बनाउन कार्यक्रमको आयोजना गर्न लागिएको हो ।सिग्देलले भने यस जमघटले नेपाली नेपाली बिच परिचयात्मक कार्यक्रम साथै सुख – दुख साटासाट गरि नेपालीहरुको भाईचारा र आपसी सम्बन्ध लाई प्रगाड बनाउने विश्वास लिएका छौँ नागोयामा अबस्थीत सम्पुर्ण संघसस्था तथा आम नेपाली दाजुभाई दिदीबहिनीहरु लाई सादर निमन्त्रणा गर्दछौं।

कार्यक्रमको संयोजकमा समाजका उपाध्यक्ष समेत रहेका सुर्य पोखरेल र उपसंयोजकमा सह-सचीव सुन्दर थापालाई तोकिएको छ ।कार्यक्रम दिउसो ११बजे देखि ५ बजे सम्म हुने छ । कार्यक्रम स्थल सम्म पुग्न आओनामी लाईनको आराको गावा कोएन स्टेशनबाट हिंडेर ५ मिनेट मात्र लाग्ने उपस्थित पाहुनाहरु कार्यक्रम स्थल सम्मको जानको लागि सहज रहेको छ। साथै नीजि सवारीमा आउनेहरुका लागि निशुल्क पर्किङ्को ब्यबस्था पनि रहेको छ ।

BBQ कार्यक्रममा प्रवेशका लागि पुरुषको लागि ४ हजार येन र महिला र विधार्थीका लागि ३ हजार येन शुल्क तोकिएको छ।
कार्यक्रममा बिभिन्न परिकार टिपिकल नेपाली स्वादमा बनाउन लागिएको कार्यक्रम ब्यवस्थापन संयोजक पोखरेलले बताएका छन।स्याङ्जा समाज नागोया बिभिन्न सामाजिक तथा परेपकारी गतिविधीहरुमा सक्रिय रहँदै आएको छ।

कार्यक्रमा नाचगानका साथै थप मनोरन्जन गराउनको लागी घैंटो फुटाउने खेलपनी समाबेस गरिएको छ।उक्त खेलमा घैंटो फुटाउने ब्याक्तीलाई सम्मान सहित विसेस खालको जीन्सी उपहारको पनी ब्यवस्था गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार