टोकियो/जापान। नेपालीहरुको बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा सन २०२४ आयोजना गरिने भएको छ।
आउँदो सेप्टेम्वर २२ आईतबार चिबाको माचुदो शहरमा फेष्टिवल आयोजना गरिने गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिबा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी दिए ।
यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल आयोजक समितिसंगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक खडकाले जानकारी दिए ।
नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली कला, संस्कृति सहित नेपालको पर्यटन प्रवर्द्वनका लागि पहिलो पटक चिबामा फेष्टिवल आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए।
एकदिन संचालन हुने फेष्टिवलमा नेपालको कलासांस्कृति प्रदर्शनी, नेपाली परिकारका स्टल सहित विभिन्न कार्यक्रमहरू गरि जापानीहरूमा नेपालवबारे जानकारी गराईने संयोजक सुवेदीले बताए ।
सोही अवसरमा भेलालाई सम्वोधन गर्दै एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले नेपाललाई जापानीहरू माझ चिनाउन हरेक क्षेत्रमा विविध क्रियाकलाप अन्तर्गत चिबामा फेष्टिवल आयोजना हुनुले पर्यटन प्रवद्वनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पोस्टर सार्वजानिक
यसैबीच सोही भेलामा नेपाल फेष्टिवल चिवाको पोस्टर सार्वजानीक गरिएको थियो। सो अवसरमा चिवा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहित व्यवसायी, पत्रकार तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




