टोकियो/जापान। जापानी मुद्रास्फीति बढेर २.५ प्रतिशतमा पुगेको छ । शुक्रबार सार्वजनिक एक सरकारी तथ्यांक अनुसार,जापानमा गत मे महिनामा मुद्रास्फीति बढेको हो।

आन्तरिक मामिला मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार,उपभोक्ता मूल्य सूचकांक (CPI) गत अप्रिल महिनामा २.२ प्रतिशत रहेकोमा मे महिनामा २.५ प्रतिशतमा पुगेको छ ।मन्त्रालयका अनुसार “बिजुली र ग्यास लगायतका उर्जाहरुको लागतले मुद्रास्फीति बढ्न योगदान गर्यो ।

जापानको मुद्रास्फीति वृद्धि भएता पनि अझै अमेरिका तथा अन्य प्रमुख अर्थतन्त्र भएका मुलुकहरुले सामाना गरिरहेको उच्च मुद्रास्फीतिको तुलनामा भने जापानको मुद्रास्फीति दर धेरै कम रहँदै आएको छ।

यद्यपी, ३ दशक यता सबैभन्दा तीब्र गतिमा ज्याला वृद्धि भएकाले, यस महिनाको सुरुमा जारी गरिएको तथ्याङ्कले जापानको घरायसी खर्च १४ महिनामा पहिलो पटक अप्रिलमा बढेको देखाएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार