पछिल्लो समय जापानमा नेपालीहरुको संख्या निरन्तर रुपमा बढ्दो रहेको छ भने विद्यार्थी भिसामा आउनेहरुको संख्या पनि उस्तै क्रमिक रुपमा बढिरहेको छ। विशेषगरी अन्य देशको तुलनामा जापानमा अध्ययनको लागि आवश्यक कागजात र प्रकृयागत काम पनि सहज र सस्तो भएको हुनाले यतिबेला अध्ययनको लागि धेरै नेपाली विद्यार्थीहरुको प्रमुख रोजाईमा जापान परेको छ। नेपालमा आजभोलि १२ कक्षाको अध्ययन पुरा गरिसकेपछि नेपालमै उच्च शिक्षा पढ्नेहरु भन्दा पनि विदेशमा गएर उच्च शिक्षा पढ्नेहरुको भीड बढिरहेको छ। नेपालमा हुदाँ सामजिक सन्जालमा देखेका समाचार र कन्सल्टेन्सीहरुले बताएका मन लोभ्याउने जापान भन्दा वास्तविक भोगाईको जापानमा निकै अन्तर रहेको छ। पछिल्लो समय जापानमा बढ्दो विदेशी विद्यार्थीहरुको संख्यासँगै पार्टटाइम कामको अभाव पनि सिर्जना भएको छ जसको शिकार नेपाली विद्यार्थीहरु पनि भएका छन।अधिकांश नेपाली विद्यार्थीहरुले जापानको लागि प्रकृया अघि बढाएतापनि भाषालाई खासै प्राथमिकता दिएका हुदैनन त्यसैले पनि जापानमा सुरुवाती अवस्था निकै जटिल र कष्टकर हुनेगर्दछ ।
पछिल्लो समय जापानका केहि शहरहरुमा विद्यार्थीहरुको लागि सहजै पार्ट टाइमको काम पाएतापनि धेरै जसो शहरहरुमा भने निकै गार्हो देखिएको छ। जापान आएको २/३ महिना हुँदा पनि काम नपाएर बसेका विद्यार्थीहरु धेरै रहेका छन भने नेपालबाट ल्याएको पैसा सकिएर खर्चको लागि आफन्तहरुसँग मागेर चल्नु पर्ने अवस्था देखिएको छ। नेपालबाट कन्सल्टेन्सीहरुले विभिन्न किसिमका आश्वसन दिएतापनि अहिले समस्या पर्दा फोन सम्पर्क गर्दा कुनै प्रतिकृया नदिएको गुनासोहरु पनि सुनिन्छन। केहि विद्यार्थीहरुले नेपालबाट ६ महिनाको होस्टेल शुल्क बुझाएर आएको तर जापान आइसकेपछि अन्य ठाउँको होस्टेलमा लगेर थप पैसा माग्ने गरेको घटनाहरु पनि सुनिएका छन साथै चर्को शुल्क लिएर एउटै रुममा ५/६ जना विद्यार्थीहरु जबरजस्ति राखेको समाचारहरु पनि आउने गरेको पाइन्छ। जापानमा पछिल्लो समय खाद्यवस्तुहरुको मुल्य पनि निकै आकासिएको छ जसले नयाँ विद्यार्थीहरुलाइ थप समस्यामा पारेको छ। कलेज शुल्क, होस्टेल वा आवास शुल्क, पानी ,ग्यास र विद्युत शुल्क ,यातायात खर्च ,मोबाइल खर्च साथै जापान सरकारलाई तिर्नुपर्ने कर तथा बीमा शुल्कको चर्को मुल्यले पनि विद्यार्थीहरुको अवस्था थप कष्टकर बन्दै गएको छ।जापान सरकारले विद्यार्थीको हकमा कानुनी रुपमा हप्ताको २८ घण्टा काम गर्ने समय तोकेको छ जसअनुसार काम गर्दा कलेज शुल्क तिरेर अन्य खर्चको लागि पुर्याउन मुस्किल पर्दछ।केहि विद्यार्थीहरुले बैङ्कमा देखाउने कामसँगै हातमा नगद लिन मिल्ने गरि पनि काम गरेका हुन्छन तर सबैले यस प्रकारका कामहरु पाउन भने निकै मुस्किल पर्दछ। कानुनी रुपमा २८ घण्टा काम गरेर बस्ने हो भने नेपालबाट पैसा मगाउनै पर्ने बाध्यता हुन्छ। यतिबेला जापानी येनमा देखिएको बजारभाउले फेरि अर्को समस्या उत्पन्न गराएको छ , केहि समय पहिलेसम्म जापनी येन र नेपाली रुपैँया उस्तै उस्तै रहेता पनि अहिले करिब १२ भन्दा बढि पठाउँदा नेपालमा मात्र रु. १ लाख पुग्दछ जसले गर्दा नेपालबाट ऋण खोजेर आएको पैसा तिर्न निकै मुस्लिक बनाएको देखिन्छ।
जापानमा विद्यार्थीहरुको लागि केहि चुनौतीहरुसँगै धेरै अवसरहरु पनि रहेका छन त्यसैले जापान आउनुभन्दा पहिले जापानको बारेमा सबै कुराहरु राम्रोसँग बुझेर मात्र आउन जरुरी छ ।केहि विद्यार्थी भाईबहिनीहरु साथिभाईहरुको लहलहैमा लागेर अनि कन्सल्टेन्सीहरुको कुरा सुनेर मात्र आउने गरेको पनि पाइन्छ त्यसैले यस विषयमा अभिभावकहरु पनि जिम्मेवारी हुन जरुरी रहेको छ ।आफ्नो छोराछोरीहरुको शारिरीक अवस्थासँगै मानसिकता अवस्था र क्षमता मात्रै बुझेर जापान अध्ययनको निर्णय तय गर्न जरुरी देखिन्छ। पछिल्लो समय कलिला उमेरसँगै बढि ऋणको भार र जापानको जीवनशैलीमा आउने कठिनाईलाई आत्मसाथ गर्न नसकेर पनि आत्महत्या गर्ने नेपाली विद्यार्थीहरु बढिरहेका छन। हाम्रो नेपाली समाजमा विदेश अध्ययन गर्न गएतापनि पैसा कमाउनु नै प्रमुख उद्देश्य हो भन्ने सोचाई रहेको छ त्यसैले पनि जापानमा रहेका विद्यार्थीहरुमा उक्त्त कुराले मानसिक तनाब र दबाब पनि सिर्जना गराएको देखिन्छ।
देशमा देखिएको बढ्दो वेरोजगार र विदेश अध्ययनको मोहसँगै धेरै नेपालीहरुको प्रमुख गन्त्यव्यको रुपमा जापान उदाएको छ त्यसैले जापान आउदैँ गर्दा सबैभन्दा पहिले आफुमा धैर्यता र मिहेनत गर्ने बानीको बिकाश गर्न जरुरी छ । परदेशी भूमी हामी सोचेको र सुनेको भन्दा नितान्तै फरक हुने गर्दछ।आफुलाई दु:ख र समस्या पर्दा केहि समय आफन्त तथा साथिभाईबाट सहयोग त मिल्दछ तर आफुमा हरेक चुनौती र समस्याहरुसँग जुध्ने आत्मविश्वास हुन जरुरी हुन्छ। जापानमा सुरु देखि काम मात्र भन्दा पनि भाषा सिकाई र यहाँको अबस्था र जीवनशैलीसँग घुलमिल हुने प्रयास गरियो भने अवश्य पनि जापानमा नेपाली विद्यार्थीहरुको भविष्य सुनिश्चित र नेपाल हुँदा देखिएका सपना पुरा गर्ने सुन्दर ठाउँ हुनेछ जापान ।
मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




