टोकियो/जापान। यही आऊदो अगस्ट १० र ११ तारिख जापानको नागोया हुने जापानकिड्स फेसन विक जेकेएफडब्लु-२०२४(JKFW 2024) मा नेपाली चेली सिजेन अधिकारीले प्रतिस्पर्धा गर्ने भएकी छिन् । जापानको गिफु, बस्ने सिजेनले दोश्रो पटक यस प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन् । जेकेएफडब्लु (JKFW)जापानको सबैभन्दा ठूलो बालबालिकाको फेसन शो हो ।


फेसन र मोडलिङमा रुचि राख्ने सिजेनले छनौट चरणहरु पार गरि जेकेएफडब्लु (JKFW)प्रतियोगिताका लागि छनौट भएकी हुन् । यो उनको लागि मात्र नभई नेपाल र नेपाली समुदायका लागि पनि गर्वको कुरा हो ।

यस प्रतियोगितामा सिजेनलाई तपाई हाम्रो सहयोगको आवश्यक छ । हामी सबै मिलेर सिजेनलाई भोट गरेर समर्थन जनाएमा JKFW मा विजयी बनाउन सक्छौँ ।

सिजेनलाई समर्थन गर्न र भोट गर्नको लागि, Japan Kids Fashion Week को वेबसाइटमा गइ, यस वेबसाइटमा दर्ता गरी हरेकदिन १ भोट दिन सकिने प्रचार-प्रसारमा संयोजन गर्ने मध्येका एक एनआरएनए जापान, क्षेत्रीय समितिनागोयाका सचिव प्रतिक कार्कीले बताए ।

उनका अनुसार भोट गर्न :

१.https://www.jkfw2024.com/index/user/register.htmll ” यस लिंकलाईकपि गरेर Chrome बाट खोल्नुहोस् ।
२. अंग्रेजीमा अनुवाद गर्नुहोस् ।
३. आफ्नो इमेल र प्रयोगकर्ता नाम प्रयोग गरी दर्ता गर्नुहोस् ।

त्यसपछि, निम्नअनुसार भोट गर्न सकिने बनाइएको छ:

भोट गर्नका लागि:

४. Log In पेजमा जानुहोस् र आफ्नो दर्ता गरेको mail या username रpassword राख्नुहोस् ।
५. “ https://jkfw2024.com/vote/player/171.html ” link बाट २१ नम्बरको प्रतिभा खोज्नुहोस् र “Vote” गर्नुहोस् ।

भोट २०२४ अगस्ट ८ तारीखसम्म मात्र खुला रहनेछ । सम्पूर्ण जापानबासीनेपालीहरूलाई भोट गर्न सिजेनकी आमा अन्जना अधिकारीले सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेकी छिन् । भोट गर्न कुनै पैसा लाग्दैन र प्रत्येक दिन १ भोट गर्न पाइन्छ। तपाईको भोटले सिजेनको आत्मविश्वास बढाउने मात्र होइन,उनलाई अघि बढेर नेपाल र नेपाली जापान तथा विश्वमा फेसन र मोडलिङको माध्यमबाट चिनाउन अझै हौसला प्रदान गर्नेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार