टोकियो/जापान। यस वर्षको न्यूनतम पारिश्रमिकबारे छलफल गरिरहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले २४ तारिख साँझ प्रतिघण्टा ५० येन पारिश्रमिक बढाउने निर्णय गरेको छ।

मूल्यवृद्धिको निरन्तरतालाई ध्यानमा राख्दै घण्टाको पारिश्रमिक ५० येनले बढाउने निर्णय गरिएको हो । यससँगै जापानको राष्ट्रिय औसत प्रतिघण्टा ज्याला १०५४ येन हुनेछ, जुन अहिलेसम्मकै उच्च हो।

जापानको राष्ट्रिय औसत न्यूनतम ज्याला हाल १००४ येन रहेको छ। यो जापानको औसत राष्ट्रिय ज्याला हो । त्यसैले टोकियो बाहिरका कतिपय ग्रामिण क्षेत्रहरुमा यो भन्दा कम पारिश्रमिक पनि हुनसक्छ भने,कतिपय स्थानहरुमा यस अघिनै १०५० येनभन्दा अधिक पारिश्रमिक प्रदान गर्दै आईरहेका कम्पनीहरु पनि छन् ।

अघिल्लो वर्ष,प्रतिघण्टा पारिश्रमिक ४३ येनले बढाईएको थियो। यस पटक मुल्यवृद्धिको निरन्तरता र कमजोर जापानी येनका कारण मानिसहरु थप आर्थिकभारको समस्यामा परेको भन्दै सरकार तथा श्रमिक संगठनहरुको दबाबमा ५० येन बढाईएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार