
टोकियो/जापान। पूर्वी नेपाल नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा कमेडी तथा म्युजिकल कन्सर्ट सम्पन्न भएको छ ।
जुलाइ २८ तारिख आइतबारको दिन साँझ ७ बजेबाट नाकानोको जेरो हलमा नेपालका लोकप्रिय कलाकारहरु मनोज गजुरेल (कमेडियन),गायक धिरज राई, एलिना चौहान (गायिका)बिष्णु सापकोटा (लोक दोहोरी )डिज राज ( गायक)को साथमा स्थानिय कलाकार र जापानिज ब्याण्डले सांगितिक प्रस्तुति देखाएका थिए ।
कन्सर्ट ‘समुदायमा शिक्षा’ तथा ‘विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रम’ सञ्चालनार्थ आयोजना गरिएको केन्द्रका अध्यक्ष गौतमले जानकारी दिए ।समुदायमा शिक्षा अभियान सञ्चालनका लागि पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान मातहतमा एउटा छुट्टै स्वतन्त्र संरचना बनाइने छ भने आधारभूत विद्यालय तहमा बढी विद्यालय छाड्ने समुदायको पहिचान र छनोट गरी कार्यक्रम लागू गरिने छ । स्थानीय सरकार र विद्यालयसँग समन्वय गरेर अतिरिक्त क्रियाकलाप, खेलकुद, स्वास्थ्य र सरसफाइ सम्बन्धी जीवनोपयोगी सिकाइलाई महत्त्व दिइने संस्थाको भनाई छ ।
विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रमअन्तर्गत केन्द्रले सिधै वा स्थानीय संघसंस्था तथा क्लबसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । जसअनुसार अति विपन्न ३० परिवारलाई पशुपालन गर्न १५ हजारसम्म सहयोग गरिने छ । २ वर्षपछि सहयोग प्राप्त परिवारले एक नयाँ परिवारलाई आफूले लिएको सहयोग संख्याको पाठो सहयोग गर्नुपर्ने कार्यक्रमको ढाँचा हुने केन्द्रले उल्लेख गरेको छ ।
नेपाली दुताबासका महामहिम राजदूत दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्य र पूर्वि नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतमको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा केन्द्रका सचिव भुवन निरौलाले अतिथिहरुलाइ शब्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन रविन शर्मा प्रहार पौडेल र सबु भुजेलले गरेका थिए । कार्यक्रममा सहयोग गर्ने स्पोन्सरहरुलाइ प्रशंसा पत्रद्दारा सम्मान समेत गरिएको थियो ।
पुर्वी नेपालबाट जापानमा बिभिन्न भिषामा आएर बसोबास गरिरेहका पुर्वेलीहरुको साझा संस्थाले प्रथम पटक आयोजना गरिएको यो कार्यक्रममा पुर्व देखि पश्चिमसम्मका र हरेक समुदाय र बिधालाइ प्रतिनिधित्व गर्ने कलाकारहरु आमन्त्रित गराइएकोले कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहेकोले थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




