टोकियो/जापान। दयाहाङ् राई र मिरुना मगर अभिनित, यस वर्षको प्रतीक्षित मध्ये एक,सांस्कृतिक विषयवस्तुमा केन्द्रित नेपाली चलचित्र “घरज्वाईँ” अगस्ट ११ तारिख जापानको राजधानी टोकियोमा प्रदर्शनी गरिने भएको छ।
मगर संघ जापानका अध्यक्ष रामहरि खपांगी मगरका अनुसार “घरज्वाईँ”अगस्ट ११ तारिख,साँझ ६ बजे टोकियोस्थित बुन्क्यो सिभिक सेन्टरको हलमा प्रदर्शन गरिनेछ।
मगर समुदायको घरज्वाइँ चलनको जीवन्त कथालाई कलात्मकरुपमा वास्तविक स्वादमा प्रस्तुत गरिएको चलचित्रलाई मगर समुदायले मात्रै नभई,समग्र नेपाली दर्शकहरुले उल्लेख्यमात्रामा रुचाइरहेका छन् ।
“घरज्वाईँ” वास्तविक मगर समुदायको,एक मगर गाऊँ को कथा हो । मगर समुदायको जन्म देखी मृत्यु सम्मको संस्कार संस्कृति देखाइएको अर्गानिक नेपाली चलचित्र- रुकुमको तकसेरा बाछीगाऊँ लुगुम लगाएत मगर गाऊँमा छायांकन गरिएको छ। यो, अन्तरास्ट्रिय अवार्ड हरु जीतेको आग्रे, लोम्बा लगाएत डकुमेंट्री निर्माण गरिसकेका निर्देशक अनिल बुढ़ा मगर को डेब्यू फीचर फिल्म हो ।
वर्षा यामको बाबजुद पनि मुलधारका हलहरुमा यो फिल्म हेर्न पुगेका दर्शकको उपस्थितिलाई उत्साहपूर्ण मानिएको छ।अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ। यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । जापान डिस्ट्रीब्यूशनको अधिकार भने आन्वि ईन्टरटेन्मेन्टले पाएको छ।
अनलाईनबाट टिकट लिनका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




