टोकियो/जापान। जापानमा पछिल्ला केहि वर्षयता वृद्ध/वृद्धा लक्षित अनलाईन ठगिका घटनाहरु निकै बढेको छ। खासगरी कम्प्युटर प्रयोग गर्ने वृद्ध/वृद्धा लक्षित गरेर,ठगिमा संलग्न गिरोहहरुले कम्प्युटरमा भाईरस पसेको र त्यसलाई हटाउनका लागि तुरुन्त सम्पर्क गर भन्दै,कम्प्युटरमा त्यस्ता चेतावनी सहितका सन्देश पठाउने र दिइएको फोन नम्बरमा सम्पर्क नगरे,कम्युटरमा भएको सम्पुर्ण डेटाहरु डिलिट हुने भन्दै एप्पल पे तथा गुगल पे जस्ता कार्डहरु मार्फत ठूलो रकम ठगि हुने गरेको छ।

यस्ता ठगिहरु रोक्नका लागि जापान प्रहरीले विभिन्न संयत्रहरु प्रयोग गरिरहेको छ। त्यस मध्ये प्रहरीले त्यस्ता पे कार्डहरु बेच्ने कन्विनिएंस स्टोरहरुमा काम गर्ने कर्मचारीहरुलाई वृद्ध/वृद्धाहरुले ठूलो रकमका पे कार्डहरु किन्न आएमा त्यो के को लागि प्रयोग गर्न खोजेको ? कतै ठगीमा पो पर्दै हुनुहुन्छ कि भन्दै सचेत गराउने तथा शंका लागेमा प्रहरीलाई खबर गर्न आग्रह गर्दै आएको छ । यस उपाय मार्फत पछिल्लो ३/४ वर्षमा हज्जारौँको संख्याका ठगिका घटनाहरु नियन्त्रण हुन सफल भएको छ।

यसैक्रममा जापनको टोकियो स्थित एक कन्विनिएंस स्टोरमा कार्यरत अर्घाखाँची मालारानी गाउपालिका वडा नम्बर ५ गुरासेका नेपाली युवा सरोज भुसालले यस्तै ठगीमा पर्नै आँटेका एक जापानी नागरिकलाई ठगिनबाट जोगाउन सफल भएको भन्दै जापान प्रहरीद्वारा प्रशंसित भएका छन् ।

भुसालले आफ्नो पसलमा आएका एक जापानी नागरिकलाई ठगि समुहले तपाईको कमप्युटर मा भाइरस पसेको छ यसलाई बनाउनको लागि ५०हजारको पे कार्ड किनेर त्यसको नम्बर पठाउनुपर्छ भनि जानकारी गराएको र त्यसलाई विस्वास गरि, पसलमा कार्ड किन्न लाग्दा यो ठगी पनि हुन सक्छ भनि प्रहरिलाई खवर गरेर ति ब्याक्तिलाई ठुलो धनराषी क्षतिहुनबाट जोगाएर ठगिजन्य अपराध न्यनिकरण गर्न सहयोग गरेका थिए।

हालै उनलाई,उनको नजिकैको प्रहरी कार्यलयद्वारा ठगिजन्य अपराध रोक्न सहयोग गरेकोमा प्रसंसा पत्र सहित संम्मान गरिएको हो ।

जापानमा १ दर्जन बढी नेपालीहरु प्रहरीद्वारा सम्मानित
यसरी जापान प्रहरीद्वारा प्रशंसित हुने नेपाली नागरिकहरुको संख्या उल्लेख्य रहेको छ। पछिल्लो ३ वर्षयता जापानका विभिन्न स्थानका कन्विनिएंस स्टोरहरुमा कार्यरत नेपालीहरुले यस्ता ठगि रोक्न महत्वपूर्ण भूमिका निभाएका छन् । नेपालन्युजपोस्टलाई जानकारी प्राप्त भएका र हामी समाचार बनाएका/नबनाएका सबै संख्या जोड्दा झण्डै १ दर्जन नेपालीहरु स्थानीय प्रहरी विटदेखि प्रिफेक्चरल प्रहरी कार्यलय सम्मबाट सम्मानित भएका छन् ।

पछिल्ला समय जापानका कन्विनिएंस स्टोरहरुमा हसिँला,फरासिला र जोशिला नेपाली नागरिकहरु तुलनात्मकरुपमा धेरै कार्यरत छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार