टोकियो/जापान। जापान एकातिर ठूला भुकम्पहरुको जोखिम उच्चरुपमा बढेको खबरहरुले तरंगित छ त अर्कोतिर एकपछि अर्को ताईफुको प्रभाव देखिएको छ।

यसैबिच,अत्याधिक गर्मीको जोखिम पनि कायमै रहेको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज किन्की र क्युसु क्षेत्रहरूमा खतरनाक गर्मीको अनुमान गरिएको छ। आज १४ तारिख मुख्यतया पूर्वी र पश्चिमी जापानको ठूलो क्षेत्र ढाक्नेगरि वायुमण्डलिय चाप वृद्धि हुनेछ।जसले गर्दा तापक्रम उच्च रहनेछ।

आज दिउँसो ओसाका तथा फुकुओकाको कुरुमे सहरमा ३९ डिग्री तापक्रम पुग्नेछ। क्योतो, कुमामोतो तथा सागा सहरहरुमा ३८ डिग्रीसम्म तापक्रम कायम हुने अनुमान गरिएको छ।

यसका साथै आज नागोया,कोबे,ओचु,हिरोशिमा,कोफु,ताकामाचु,टोकियो लगायतका स्थानहरुमा पनि तापक्रम ३५ डिग्रीभन्दा माथि पुग्नेछ।

जापान मौसम विज्ञान एजेन्सी र वातावरण मन्त्रालयले उच्च गर्मी हुने कान्तो-कोशिनदेखि क्युसु र ओकिनावासम्मका ३२ प्रिफेक्चरहरुका लागि “हिटस्ट्रोक चेतावनी” जारी गरेको छ। जापानभर गर्मी बढेसँगै हिटस्ट्रोकका कारण बिरामी भइ अस्पताल भर्ना हुने तथा निधन हुनेहरुको संख्या समेत बढिरहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार