टोकियो/ जापान। नेपाली महिलाहरुको प्रमुख चाडको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर जापानमा यस बर्ष तीज फेस्टिवल फोटो प्रतियोगिता आयोजना गरिएको छ ।
जि एण्ड के कम्पनीको आयोजना र नुवाकोट सेवा समाज जापानको सह आयोजनामा महिलाहरुको तीज उत्सवलाई थप उल्लासमय बनाउन फोटो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन र कला तथा संस्कृतिको प्रर्वद्धन हुनेगरि फोटो प्रतियोगितामा मौलिक नेपाली पहिरन, कला संस्कृति झल्काउने श्रृंगार लगायतलाई प्राथमिकता दिएर उत्कृष्ठलाई नगद तथा उपहार प्रहाद गरिने आयोजक जि एण्ड के कम्पनीका प्रमुख ददिवल खड्काले जानकारी दिए ।
फोटो प्रतियोगितामा प्रथम हुनेलाई जापानी १००,००० येन, द्धितिय हुनेलाई ५०,००० येन र तृतिय हुनेलाई ३०,००० येन नगद पुरस्कार तोकिएको छ ।यसैगरि प्रतियोगिहरु मध्येबाट उत्कृष्ठ थप तीन जनालाई साडी वा कुर्ता रोजेर एक सेट कपडा उपलब्ध गराइने भएको छ ।
प्रतियोगितामा जापान सहित विश्वभरबाट महिला सहभागीहरुले साडी, तथा मौलिक जातिय भेषभुषामा सजिएको तस्विर पठाउन सक्नेछन् । यसको लागि नुवाकोट सेवा समाज जापानको फेसबुकमा पोष्ट गरिएको तस्विरलाई लाईक, कमेन्ट, सेयरको आधारमा विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुनेहरुले आफ्नो ३ वटा तस्विर सहित आधिकारिक ठेगाना, नाम, फोन नम्वर र ईमेल पठाउनुपर्ने नियम राखिएको छ ।यस बारेको विस्तृत जानकारी नुवाकोट सेवा समाज जापानको फेसबुक पेज तथा ०८० ६७७९ ७७७० मा भाइबर तथा ह्वाट्सएप मार्फत जानकारी लिन सकिने छ ।
फोटो प्रतियोगितामा सहभागीले पालना गर्नुपर्ने नियमहरु
१. सहभागीले आफ्नो कम्तिमा एउटा बढिमा ३ वटा फोटो पठाउनुपर्नेछ ।
२. फोटोको साथमा आफ्नो नाम, सम्पर्क नम्वर, स्थायि ठेगाना र इमेल साथमा पठाउनुपर्नेछ ।
३. फोटो पठाउने अन्तिम मिति २०२४, सेप्टेम्बर ५ तारिख जापानी समय अनुसार बिहान १० बजे रहेको छ ।
४. प्रतियोगिताको बिजेता सेप्टेम्बर ८ तारिख एक कार्यक्रमका बिच घोषणा गरिनेछ ।
५. प्रतियोगी स्वयंले फेसबुक पेज लाईक, सेयर र आफ्नो फोटोमा अनिवार्य कम्तिमा एउटा कमेन्ट गरेको हुनुपर्नेछ ।
६. प्रतियोगिको फोटो लाईक, सेयर र कमेन्ट गर्ने सबैले अनिवार्यनुवाकोट सेवा समाज जापानको पेजलाई लाइक गरेको हुनुपर्नेछ, अन्यथा त्यस्ता सहभागीको मतलाई मान्य गरिने छैन ।
७. एक जनाले एक भन्दा बढि जति पटक सेयर गरेको भएपनि एक पटक मात्र गणना गरिनेछ ।
८. बिजेता घोषणाको अन्तिम निर्णय नुवाकोट सेवा समाज जापानमा रहनेछ ।
९. उत्कृष्ट ३ जनालाइ क्रमशः प्रथम, द्धितीय र तृतीय घोषणा गरिनेछ ।
१०. फोटोलाई अन्य ग्रुपहरुमा सेयर गर्न सकिनेछ ।
११ . फोटो र अन्य विवरण नुवाकोट सेवा समाज जापानको पेज वा 080-6779-7770 नम्वरमा भाइबर वा ह्वाट्स एपमा पठाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




