टोकियो/जापान। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको सर्वेक्षणले जापानमा ‘धूम्रपान दर’ अर्थात् चुरोट पिउने आदत भएका मानिसको प्रतिशत हालसम्मकै सबैभन्दा कम १४.८ प्रतिशत रहेको पाइएको छ । सरकारले कार्यन्वयन गरेको कडा धुम्रपान नियमहरूको कारणले धुम्रपान गर्नेहरुको संख्या घटेको अनुमान गरिएको छ। सर्वेक्षणको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले धुम्रपान छोड्न चाहने मानिसहरूको लागि उपचार सहयोग बढाउने पनि बताएको छ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा राष्ट्रव्यापी रूपमा २० वर्षभन्दा माथिका करिब ५ हजार पुरुष तथा महिलाको जीवनशैलीबारे सर्वेक्षण गरेको थियो । त्यस मध्ये, धुम्रपानलो लतमा फसेका मानिसहरूको पुरुषहरू संख्या २४.८ प्रतिशत र महिलाहरूको संख्या ६.२% थियो । यो सन २००३ मा सर्वेक्षण सुरु भएदेखिको सबैभन्दा कम हो ।

यसका साथै , धुम्रपान गर्नेहरूमध्ये २१.७% पुरुष र ३६.१% महिलाहरूले धुम्रपान छोड्न चाहने बताएका थिए। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले – सार्वजनिक स्थलहरु,रेस्टुरेन्ट तथा होटलहरुमा पनि निश्चित स्थानमा मात्रै धुम्रपान गर्नुपर्ने एवं धुम्रपान गर्न प्रतिबन्ध लगाउने ऐनको परिमार्जन जस्ता कारणले धुम्रपान गर्नेहरुको संख्या घटेको विश्लेषण गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार