ओसाका, जापान । बिहुकोट समाज जापान, कान्साईद्वारा आयोजित तिज बिशेष कार्यक्रम जापानको ओसाकामा सम्पन्न भएको छ ।
हिन्दू महिलाको महान पर्व हरितालिका तीज अवसर पारेर ओसाकामा तिज विषेश कार्यक्रमको आयोजना गरिएको थियो । प्रवासमा रहेका नेपालीहरु व्यस्तताको बावजुत पनि उल्लेख्य सहभागिता रहेको थियो । नेपाली तिजका गित संगितमा नेपाली महिलाहरु रमाएका थिए । नेपाली कलाकारहरुको प्रस्तुतीले कार्यक्रम थप रौनकता थपेको थियो।
कार्यक्रममा कलाकारहरु लोकदोहोरी गायक सुर्य खड्का, प्रेम सापकोटा सोनु, लक्ष्मी आचार्य बालकलाकार दिपीका कडेंल लगाएतका कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनु भयो । समाजका अध्यक्ष बल बहादुर कडेंल क्षेत्री मुकेश,को सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी एवं व्यहुँकोट समाज जापानका संरक्षक दिपक सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजसेवीहरु अर्जुन भुषाल तुलसीराम खरेल, आत्माराम गैरे, गैरआवासीय नेपाली संघ जापानका केन्द्रीय उपाध्यक्ष कृष्ण गैरे, सचिव दिलिप कडेंल, एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेंल, बिहुँकोट समाज जापान, अध्यक्ष, दिपक कडेंल, उपाध्यक्ष टिकाराम कडेंल, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा, नेसाजका पूर्व अध्यक्ष कृष्ण भुषाल, नवलपुर समाज जापानका उपाध्यक्ष समुन्द्र पौडेल लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रम संयोजक न्यौपानेले बताउनु भयो । कार्यक्रमको सहजिकरण समाजका कोषाध्यक्ष चेतनारायण कडेंल कृष्णले गर्नूभएको थियो भने सांगितिक कार्यक्रमको उदघोषण कुलविर थापाले गर्नू भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




