टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सोमबार जापानको चिवामा सम्पन्न भएको छ।
साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि को रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि एनसीसी जापानलाई आग्रह गरेका थिए।
साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका युवा उपाध्यक्ष रोशन थापाले एनआरएनएको छविलाई उच्च राख्न एनआरएनए एनसीसीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको हित र सुरक्षालाई मध्यनजर गरेर कार्य गरिनुपर्ने बताए।सोही कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका सल्लाहकार तथा एनआरएनए जापानका संरक्षक ओम गुरुङले संस्थाको मर्म र उद्देश्यलाई आत्मसात गर्न सकियो भने मात्र हरेक संस्थाले राम्रो गति लिन सक्ने भएकोले एनआरएनए जापानमा आवद्ध हरेक सदस्यले एनआरएनएको मर्म र भावनालाई आत्मसात
गर्दै विधान अनुरूप कार्य गर्न आग्रह गरे ।
एनआरएनए जापानका प्रमुख संरक्षक शिवप्रसाद पौडेलले एनआरएनए जापानले जापानबासी नेपाली हितमा कार्य गरेकोमा खुशी व्यक्त गर्दै जापानमा रहेका हामी सबै नेपाली नेपाल राष्ट्रको अवैतानिक दूतको रुपमा कार्य गरिनु पर्ने बताए।
कार्यक्रम, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एसिया प्यासिफिक क्षेत्रीय समितिका उप संयोजक दिपक कार्की, महिला उप संयोजक अनिता गुरुङ, एनआरएनए जापानका संरक्षक देविलाल भण्डारी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, एनआरएनए जापानको विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी, क्षेत्रीय समितिहरुको तर्फबाट नागोयाका संयोजक भेषनाथ गौतम लगायतले बोलेका थिए।
साधारण सभाले एनआरएनए जापानका महासचिव टिकाराम खरेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक सुनारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । साधारण सभा एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सिद्धार्थ श्रेष्ठको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




