ओसाका/जापान। नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा ब्लु ब्याइज युनियन द्वारा जापानको ओसाकामा वासुदेब लामिछानेको अध्यक्षतामा पारिवारिक भेटघाट साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
ओसाका स्थित चुरुमी रियोकुचि पार्कमा नेपाली मन्दिर नजिकै सोहि कार्यक्रमा ८० जना भन्दा बढी नेपाली बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थित रहेको थियो। विदेशीभूमिमा रहेपनि हाम्रो महान चाडपर्वसँगै आफ्नो मौलिकतालाई बचाईराख्नको लागि पनि कार्यक्रम आयोजना गरिएको सचिव प्रदीपराज खड्काले जानाकारी दिए। उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरुको लागि ब्लु ब्याइज युनियनद्वारा खाना तथा खाजाको पनि व्यवस्था रहेको थियो भने उपस्थित व्यक्तिहरुले आगामी दिनका पर्वहरुमा यसरी नै पारिवारिक भेटघाट कार्यक्रम राखेमा अझ धेरै नेपालीहरुको उपस्थिति रहने विचार पनि व्यक्त गरेका थिए।
दशैँको दिन पारेर नेपाली मन्दिरमा घुमफिर गर्न गएका नेपालीहरुको पनि उक्त कार्यममा सहभागीता रहेको थियो। ब्लु ब्याइज युनियनले शुभ दिपालवलीको अवसर पारेर ओसाकाको विभिन्न नेपाली रेस्टुरेण्ट तथा पसलहरुमा देउसी भैलो खेल्ने कार्यक्रम रहेको पनि प्रदीप खड्काले जानाकारी गराए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




