टोकियो/जापान। जापानको ह्योगो प्रिफेक्चरमा ६ वटा माचुताके(च्याउ)९ लाख ६० हजार येनमा बिक्री भएको छ।

हरेक वर्ष शरद ऋतुमा बजारमा बिक्रीका लागि ल्याइने,तान्बासासायामा माचुताके च्याउ यस सिजनको पहिलो लिलाम बिक्रीमा उक्त मूल्यमा बिक्री भएको बताईएको छ।

ह्योगो प्रिफेक्चरको तान्बासासायमा फलफुल तथा तरकारी बजारमा सोमबार,कुल १९३.५ ग्राम तौल भएका ६ वटा माचुताके एक स्थानीय किनमाता नामको र्योखान(जापानी स्टाइल,होटल)ले ९ लाख ६० हजार येनमा खरिद गरेको हो ।

गर्मीमा अत्याधिक गर्मी र हल्का वर्षा भएकाले यस वर्षको च्याउ गत वर्षभन्दा तीन दिन ढिलो तथा सामान्य वर्षहरुको तुलनामा करिब दुई साता ढिलो बजारमा आएको बताईएको छ।

जापानमा कृषकहरुलाई प्रोत्साहन गर्नका लागि विभिन्न प्रकारका कृषि उत्पादनहरु हरेक वर्ष सिजनको पहिलो उत्पादनलाई यसैगरि लिलाममा चर्को मूल्यमा बिक्री गर्ने गरिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार