म्यादी जिल्लाको नाङ्गी भन्ने सानो गाउँमा जन्मेका महावीरपुनको जन्म हाल अन्नपूर्ण गाउँपालिकामा पर्छ उतिबेला चार हजार पर्वत भनिने गाउँमा हजुरबा मैते पुन को नाती बाबा कृष्ण पुन र आमा पूर्वी पुनको छोरा ठ्याक्कै कसैलाई पनि थाहा नभए पनि बाजेको भनाइ र आमाको भनाइ अनुसार राजा स्वर्गवास देवसान भएको साल र त्यही साल माघ महिनामा जन्मेको अनुसार अड्कल काट्दा २०११ साल माघ ५ गते जन्मीयका पुन उनी दुई वर्ष हुँदा बुबाआमासँग बुई चढेर म्याग्दीबाट हिँडेर बुटवल सम्म र बुटवलबाट ट्रक चढेर भैरवा र बोर्डरबाट रेलचडी गोरखपुर कलकत्तासम्म गई हवाईजहाजबाट मलेवा हाल मलेसिया मा दुई वर्ष बिताएका थिए। बाल्यकाल बाजे सँगसँगै गाईगोठ र गाईवस्तुलाई पानी दिने खोला बाट पानी लिने गरि सयोग गरेका उनले गाउँले मिलेर मिलेर खोलेको स्कुलमा आफ्नो प्राथमिक शिक्षा सुरुवात गरेका थिए नेपाली लेख्न र पढ्न सक्ने उनले विज्ञानसम्बन्धी प्रयोग उतिबेलादेखि नै गरेका थिए। बाबाले विदेशबाट आउँदा नेपाली दर्शक इतिहास र ब्रिटिस सेनाको गोर्खालीलाई सिकाउने रोमन पढ्न र लेख्न सिकाउने किताब मात्र देखेका उनले २०२४ सालमा आठ कक्षामा पढ्नको लागि छिमेकी जिल्ला पर्वतको मल्लाजमा गएर पढेका उनी माध्यमिक शिक्षाका लागि चितवनको खैरेनीमा हाइस्कुल २०२५ मा द्वितीय श्रेणीबाट एसएलसी पास भई उच्च शिक्षाको लागि काठमान्डौ को अमृत साइन्स कलेज काठमाडौँ अध्यन गरेका थिय आइएसी राम्रो अङ्ग नल्याउँदा इन्जिनियर बन्ने सपना अधुरो भएका पुन आर्थिक समस्याले बिएसी पढेका थिएनन् ।
२०३० सालमा भदौ बाट चितवन को दिव्य नगर हाइस्कुलमा अस्थायी नियुक्ति लिँदै अध्यापन सुरु गरेका उनले २०३३ पहिलोपटक सर्ट पाइन्ट मिलाएर लगाएका थिए। सँगै पढाएका पृथ्वीमान गुरुङ अहिले २०७८ सालमा गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए। शिक्षामा सुधार गर्नुपर्छ भन्दै उतिबेलादेखि नै विद्यालयमा नाफामूलक व्यवसाय गरी विद्यार्थीसँग दैशीभैलो खेली उठेको पैसाले बिदेशबाट साइन्सका सामग्री लिएर विद्यार्थीलाई पढाएका थिए। सन् १९८५ मा खैरिनीमा पढाउँदा कल्पना गरेका योजना सन् १९८७ देखि १९९२ सम्म तयारी समय १९९२ देखि २००५ सम्म अपोलो ११ हाइस्कुल चलाउने २००५ देखि २०१० सम्म अपोलो १२ टेक्निकल हाइस्कुल चलाउने २०१० देखि २०१५ सम्म अपोलो१३ साइन्स क्याम्पस चलाउने २०१५ देखि २०३२ सम्म अपोलो १४ को नर्सिङ क्याम्पस र १५ मेडिकल क्याम्पस १६ इन्जिनियरिङ क्याम्पस चलाउने सपना बोकेका थिए। र २०३२ पछि अपोलो १७ को विज्ञान प्रविधि र अन्तर्राष्ट्रिय अनुसन्धान म्युजियम खोल्ने सम्म सपना बोकेका थिए ।
शिक्षक पेशामा हुँदा विभिन्न किसिमका किसिमका शिक्षामा शिक्षामा शिक्षा मौखिक भन्दा पनि व्यवहाररिक हुनुपर्छ भन्ने उनले परिवर्तन गर्नुपर्छ भन्दै विभिन्न किसिमका शैक्षिक आन्दोलनमा सरिक भए आन्दोलनको नेतृत्व समेत गर्नुभएको थियो। उनी को बिदेश जाने सपमा बोकेका उनी १८ महिना अमेरिका लाइब्रेरीमा गई अध्ययन गर्दै विभिन्न विश्वविद्यालय छात्रवृत्तिको लागि चिठी पठाउँदा एकपटक नील आल्मस्टर्ङलाई पनि चिठी पठाएका थिए र पढ्ने क्रममा “अराउन्ड द वर्ल्ड इन डेज “ असी दिनमा एक फन्को भन्ने उपन्स्यास फ्रान्सका प्रसिद्ध विज्ञान कथा लेखक जुन भेर्न लेखेको उपन्यासले पुनलाई झन् एकोरो साथै आत्मविश्वास गराएको थियो। सफल प्रयासपछिसन १९८८ मा अमेरिकाको भिजा प्राप्त गरी २०४५ पुस १६ गतेअमेरीका जाने सपना पूरा गरेका उनी हरियो पासपोर्ट र अमेरिकी डलर बोकेर त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए अध्यनको लागी अमेरिकाको अमेरिका नेब्रास्काको कर्नी स्टेट कलेजमा पढाइको क्रममा विभिन्न समस्या भाषा कम्प्युटर ड्राइभ लगायतका विभिन्न समस्यामा पार गर्दै अगाडि हरेक सेमेस्टरमा ४.० जिपीय ल्याएर पास हुने पुन प्रोफेसरहरूको नजिकको पात्र बनेका थिए। अमेरिकाको नेब्रो कर्नी स्टेट कलेजमा चार वर्ष ८ महिनाको पढाइ सकेर ३७ वर्ष ६ महिनाको उमेरमा बिहान बेलुका राति अबेरसम्म अध्ययन गरेका उनले ब्याचलर डिग्री १४५ क्रेडीट को आवश्यकतामा १९० क्रेडिटको क्लास लिएर अध्ययन गरेका ब्याचलर डिग्री सकेर विसं २०४९ साल भदौमा नेपाल फर्किएका थिए। अमेरिकाको आफ्नो अध्ययन सकेर नेपाल फर्किएका पुन आफ्नो जन्मभूमि म्याग्दीको नागीमा दुई वर्षका लागि बेतलबीमा पढाउने प्रतिबद्धतासँगै समाज र देशका लागि आर्थिक नैतीक र भौतीक रुपमा समाज र राष्टको बिकास टेवा पुर्याउनेहेतुले सहयोग गर्नुपर्छ भन्दै सुरु गरेका निन्न कार्यहरुः
गाउँको नाङ्गे स्कुलमा अध्यापनसँगै प्रावीलाई हाइस्कुल बनाउने सपना कृषि क्षेत्रमा नगदे बाली बनाउँदै व्यापारमुखी बनाउने जस्तै आलुपखडा जाम बनाउने, माछापालन गर्ने ,भैँसीको दुधबाट चिज बनाउने ,चौरी पालन, मौरा पालन गर्ने ,आङ्गोरा जातका खरायो पालन र त्यसको उन बेच्ने, हाते कागज बनाउन विद्यार्थीलाई सिकाउँदै व्यवहारिक शिक्षा सिकाउँदै आयआर्जन गर्ने गराउने जस्ता विभिन्न किसिमका काम गर्दै व्यापारमुखी बनाई गाउँमै स्वरोजगार गराई आर्थिक स्तरमा वृद्धि गर्न प्रोत्साहन गरि आर्थिक रूपमा गाउँ समाज र राष्ट्रलाई नै आर्थिक उन्नतिको दिशातिर लैजान सुरुवात गर्ने
उतिबेला अस्ट्रेलिया जर्मन बेलायत जस्ता देशहरूका ट्राभल एण्ड टुर कम्पनीहरूले नेपाली ट्रेकिङ कम्पनीसँग मिलेर पोखराबाट नयाँ पुल देवपुर ,लेपसार ,हुँदै नाङ्गी र त्यहाँबाट पुन हिल हुँदै खाप्रा र तातोपानी अथवा गुन्द्रुक जानेलाई प्रभावकारी र पर्यटकहरुलाई सुविधाको लागि नाङ्गी गाउँबाट सुरु गरिएको क्याम्पिङ स्थलहरू ठाउँ ठाउँमा बनाउँदै म्याग्दीको छोरेपानीमा सांस्कृतिक सङ्ग्रहालय बनाउने सङ्ग्रहालयमा स्वदेश तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने गरी राष्ट्रको पहिचानमा सेवा पुर्याउने पर्यटकीय क्षेत्रमा प्रभावकारी र दिगो बनाउने ,साहसिक पर्यटक आरोहण प्रशिक्षण स्कुल तथा पर्यटक सहकारी ,ग्रामीण पर्यटक गुराँसपार्क ट्रेकिङ जाने पर्यटकलाई पहिल्याउने प्रविधिको विकास नेपाल भ्रमण वर्ष २०२२सफल बनाउन लाई नयाँ पदमार्ग निर्माणको प्रयास, नमुना सुन्ने कार्बन अक्सिजन लजको स्थापना ,धौलागिरी अन्नपूर्ण माछापुछ्रे जस्ता हिमालहरूमा पर्यटकलाई ट्र्याकिङ पदमार्ग बनाई पर्यटकीय क्षेत्रमा दिगो विकास गरी राष्ट्रलाई नै आर्थिक बिरास मा सहयोग गाउँ गाउँमा स्वास्थ्य सेवाका लागि जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालसँग मिलेर दुर्गम क्षेत्रका गाउँहरूका लागि स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्याउने सुरुवात गर्ने
माइक्रो हाइड्रोजेनेटर जोडेर दुर्गम ठाउँका विद्यालयमा विद्यार्थीलाई बिजुलीबत्ती मुनि पढ्न व्यवस्था गर्ने अमेरिकाबाट १२ थान जति कम्प्युटरका पाठपुर्जा सुटकेसमा बाट नेपाल ल्याई नेपालमा इमेल सेवा सुरु हुनुभन्दा पहिला १९५५ मा गाउँ गाउँमा नेट तथा इन्टरनेटको साथै छिमेकी जिल्ला पर्वत, कास्की ,तनहुँ ,बाग्लुङ ,मुस्ताङ ,गोरखा नुवाकोट, मकवानपुर, दोलखा ,सिन्धुपाल्चोक ,धादिङ, गुल्मी लगायतका दुर्गम जिल्लाहरूमा नेट इन्टरनेट विस्तार पुर्याउन सफल बिभीन्न जिल्लामा नेट तथा इन्टरनेटको सुविधा दिनलाई सुरुवात पुनले आफ्नो गाउँ र जिल्ला प्रदेश राष्ट्रलाई स्वास्थ्य ,शिक्षा ,कृषि र पर्यटक क्षेत्रमा गरेका काम लाई अन्तर्राष्ट्रिय जगतमा गरेका प्रशंसा २२ अक्टोबर 201 मा भिलेज इन द क्लाउड्स एम्ब्रेसेस कम्प्युटर्स बादल भित्रको गाउँमा अलिङ्गनमा कम्प्युटर भनेर बि बि सी बाट समाचार प्रकाशीत भय सङै सन् १९९६ मा अस्ट्रेलियाको सेनमोडिङ ह्यान्ड भन्ने पत्रिकामा प्रकाशित भएको भिजन स्पेन्डिङ अफ अन्नपूर्ण मार्च मोस्ट इम्पोर्टटिङ “अन्नपूर्णको सुरु मान्छे को भव्य सपना”
अमेरिका, बेलायत, फ्रान्स ,जर्मन ,जापान ,अस्ट्रेलिया, हङकङका रिपोर्ट्सहरू नाङ्गी गाउँमा आउँदै रिपोर्टर गरेर गरेका थिए भने नेपाल बाट थियन बेलायतमा एकजना सभासदले बीबीसी समाचारलाई उद्धृत गर्दै नेपालको हिमाली क्षेत्रमा चौरी गोठालोले इन्टरनेट चलाउँदा स्कटल्यान्डमा हिमाली भागमा बस्ने बासिन्दाले किन इन्टरनेट चलाउने उपाय छैन भने आवाज उठाएको समाचार प्रकाशित गरेका थिए नेपालका राष्ट्रिय मिडियाहरू ले किन समाचार बनाउन सकेन? पुनले गरेका काम र योगदानलाई सम्मान तथा प्रशंसा गर्दै राष्टीय तथा अन्तर्राष्ट्रिय जगतमा गरिएका सम्मानहरू जुन
सन २००२ मा वासिङ्टन बिसीमा रहेको ओशो फाउन्डेसनबाट सम्मानित ,बेलायतको ग्लोबल आइडियाज बैंक भन्ने संस्थाको ओभरअल सोसल इनोभेसन अवार्ड ,फिलिपिनको राजधानी मनिलामा २००७ मा रामोन म्यागसेस फाउन्डेसनबाटभन्ने सस्था सम्मानित,युनिभर्सिटी अफ नेवरासका सिस्टमले को बोर्डले दिएको अनरेरी डक्टर उपाधि ,सन् २०१२ मा नेपाल सरकारले दिएको उज्ज्वल कृतिमय राष्ट्रद्वीप भन्ने पदक बाट सम्मानित,अमेरिकाको इन्टरनेट सोसाइटी भन्ने संस्थाले इन्टरनेट हल अफ फेम भन्ने सम्मान,
क्यानाडाको टोरोन्टो सहरमा जोनाथन बी पोस्टेल सर्भिस अवार्डबाट सम्मानित ,जापानको एसिया प्यासिफिक टेली कम्युनिटी भन्ने संस्थाले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन एसोसिएन्स अफ जापान (आईटियु एजे) स्पेसल अवाड बाट सम्मानीत ,गण्डकी प्रदेशबाट गण्डकी तारा पनि पदक ,बागमती प्रदेशबाट नवप्रवर्तन पदक ,
महाबीर पुन ले गरेको काम लाई सम्मान गर्दै विभिन्न संघसंस्था र स्थानीय सरकारलाई दिएका सम्मानहरूको डाटा नभएको र अबदेखि मलाई व्यक्तिगत रुपमा पुरस्कार नदिनुहोला भनेर २०१९ मा घोषणा यदि सहयोग र सम्मान दिनुपर्नेमा राष्ट्रिय आविष्कार केन्द्रलाई दिनुहोला
भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त बौद्धिक कुशल व्यक्तित्व उनै महावीर पुनथिय राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी सिङ्गो नेपाल नेपाल सरकार र नेपालको गरिमा र रोजगार रोजगारी सिर्जना गरी अर्थतन्त्रमा नै सहयोग पुग्ने सम्भावना बोकेको आविष्कार केन्द्रले कोरोनाको महामारीमा लाखौं करोडौं पर्ने विभिन्न किसिमका कोरोना बाट बच्नको लागी सामानहरू बनाएर नेपालका विभिन्न जिल्लाहरूका हस्पीटलमा औजारहरू निशुल्क बितरण गरी सहयोग गरेको थियो जुन निम्न छन
पि पि ई र फेस सिल्ड ,स्वाब जम्मा गर्ने बुथ र हावा शुद्ध गर्ने मार्क्स ,अल्ट्राभाइलेट किरणले निर्मलीकरण गर्ने बक्स ,आइसोलेसन च्याम्बर र हुड ,अक्सीजन प्लाट र
बेबी वामर लगायत बिभीन्न किसीमका जस्ता सामानहरु बनाएर नेपाल सरकारका विभिन्न खालका हस्पिटलमा प्रदान गरिएको थियो हालचालै मात्रै VTOL Fixed Wing Drone हकरिब ३० किलोमिटर सम्म उडेर सफलतापुर्बक उडेकै ठाउँमा फर्कन सकेकाछन्। उनीहरुले २५ किलोग्राम सम्म बोक्न सक्ने मल्टी रोटर ड्रोन पनि बनाएर परीक्षण गरिरहेका छन् ।
३० वर्षसम्म बन्द रहेको वीरगञ्जको कृषि औजार कारखानालाई आधुनिकरण गर्न सरकारले दिएको रकमले नपुग्ने भएकोले आफ्नो जीवन कथा बिभिन्न जिल्लामा गयर किताब बेचेर भएपनि सबै कृषि कारखानामा लगाउनसम्म पछि नपरेका पुन साँच्चिकै नेपाल र नेपाल सरकारले नचिनेकै हो त ?
विश्वका विभिन्न देश को निमन्त्रणामा गएर लाखौं किसिमका आबिस्कार ,अनुसन्धान र नवप्रवतका कामहरु भएको सभा सम्मेलन गोस्टी मा भाग लीईका पुन ले राष्ट्रिय आविष्कार केन्द्र
राष्ट्र राष्ट्रियता र आर्थिक उन्नति र रोजगारीको सिर्जना गर्ने हुटहुटी बोकेर स्थापना गरेका पुन लाई नचिनेको होत नेपाल सरकार ले
नेपालको आफ्नै स्रोत र साधनलाई विश्व बजारमा पुर्याउने उद्देश्यले बोकेका महावीर पुन जस्ता हजारौं युवा विदेशमा आफ्नो पसिनाहरु बगायका अनुभवी ,दक्ष बौदि्ध्क व्यक्तित्वलाई नेपाल सरकारले प्रोत्साहन र आह्वान गर्ने हो र नेपालमै लगानी गर्ने बाताबरण गरी सरकारको कुल जीडीपीको एक पर्सेन्ट मात्रै लगानी गर्ने हो भने पक्कै पनि नेपाल पनि फ्ड्को मार्नेछ।
अझै पनि पुन जस्ता हजारौँ पुनहरूलाई नेपाल र नेपाल सरकारले साँच्चिकै नचिन्ने हो भने नेपाल धेरै पछाडि पक्कै पनि जानेछ।
:नोट डाटा प्रमाण हरु महाबिर पुनको आत्मकथाबाट साभारीत
(यो सामग्री दीपक सुबेदी बिप्लबले तयार पारेका हुन् । सुवेदी एनआरएन जापान कान्तोका उपसंयोजक समेत हुन्)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




