टोकियो/जापान। धादिङ समाज जापानले यहि अक्टोबर २७ तारिख टोकियोमा दशैँतिहार तथा छट पर्वको शुभकामना आदान-प्रदानसंगै एक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम टोकियोको सिनओकुबोस्थित नेपाली रेस्टुरेन्ट सोलमारीको सभाहलमा आयोजना हुने समाजका महासचिव विजय सडौलाले नेपालन्युजपोस्टलाई जानकारी गराए।नेपालीहरुको यि ठूला चाडपर्वहरुमा समाजले सामूहिकरुपमा शुभकामना आदानप्रदान गर्दै,जापानमा नेपालीहरुको बढ्दो जनसंख्यासंगै देखिएका विभिन्न समस्याहरु र त्यसमा संघ/संस्थाहरुको भूमिका विषयमा रचनात्मक सुझावहरु लिने उदेश्यले अन्तर्क्रिया समेत आयोजना गर्न लागेको समाजका अध्यक्ष श्यामहरि तिम्सिनाले जानकारी गराए।

कार्यक्रम २७ तारिख सोलमारीको मुरा हलमा अपरान्ह १२ बाट सुरु हुने र सबै सक्रिय संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुलाई पत्राचार समेत गरिसकेको समाजले जनाएको छ। जापानका लागि नेपाली राजदूत महामहिम दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा संचालन हुने कार्यक्रममा सहभागी भई चाडपर्वको उत्सवसंगै समुन्नत समाज निर्माणका लागि आफ्नो महत्वपूर्ण विचारका राखिदिन समाजले आमन्त्रित अतिथिहरुमा अनुरोध समेत गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार