टोकियो/जापान। नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि टोकियोमा सामुहिक म्हँ: पूजा तथा नेपाल संम्बत ११४५ को शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्नेभएको छ ।
नेपाल एक बहु-भाषिक, बहु-धार्मिक अनि बहु- संस्कृतिले धनी देश हो । त्यस मध्ये पनि विभिन्न संस्कृतिले धनी नेवाः समुदयाको स्वन्ति (तिहार) अथवा म्हँ पुजा एक ठुलो पर्व हो । म्हँ पुजा अर्थात जिउ शुद्ध गर्ने हेतुले आफ्नो लगायत आफ्नो परिवार, आफन्तजनको शरीरको पुजा गरिन्छ । शरीरमा कुनै पनि रोग व्याद नलागोस्, भएको रोग पनि निको होस् भनेर कामना गरिन्छ ।
यस कार्यक्रममा नेवार मात्र नभई अन्य जाती तथा समुदायको व्यक्तिहरूले पनि सहभागिता जनाउन सकिने बताईएको छ । नेवाः परम्परा , नेवाः कला संस्कृति, नेवाः खानामा ईच्छुक व्यक्तिहरूले आयोजक संस्थालाई सम्पर्क गर्न सक्नुहुनेछ।
म्हँ:पूजामा सहभागी हुन ईच्छुक व्यक्तिहरूले पहिलेनै सम्पर्क गरेर आफ्नो नाम टिपाउनु पर्नेछ। म्हँ पुजाको लागि प्रत्येक व्यक्तिको लागि मण्डप बनाउनु पर्ने भएकोले पनि सहभागी संख्या तय गर्न आवश्यक रहेको संस्थाले जनाएको छ। अग्रिम सम्पर्क गरी नाम नटिपाएको व्यक्तिहरूलाई मण्डप व्यवस्था गर्न कठिनाई हुने भएकोले सहभागी ईच्छुक सबैले नाम टिपाउन हुन आयोजक संस्थाको महा-सचिव शिव तण्डुकारले अनुरोध गरेका छन् ।
सहभागिताको लागि नाम टिपाउन र कार्यक्रम सम्बन्धि अन्य जानकारीको लागि संस्थाको प्रतिनिधिलाई सम्पर्क गर्नसक्नुहुनेछ ।
080-6555-6667/070-1211-1502/080-3259-6002/070-8953-2328
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




