टोकियो/जापान। टोयोटा मोटर कर्पोरेशन स्टार्टअपले आफ्नो ” उड्ने कार” को पहिलो आन्तरिक उडान सफलतापूर्वक सञ्चालन गरेको घोषणा गरेको छ।

टोयोटाले ओसाका-कान्साई एक्सपोमा प्रदर्शन उडानको योजनासहित मध्यपूर्व र अन्य क्षेत्रहरूमा २०२५ सम्ममा कारको व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ।

यूएस- बेसभएको स्टार्टअप जोबी एभिएसन, इंक द्वारा संचालित, जापानको पहिलो उडान अक्टोबरको अन्तमा टोयोटा टेक्निकल सेन्टर हिगाशी-फुजी सुसोनो, शिजुओका प्रिफेक्चरमा भएको थियो। उडान सफल भएको घोषणा भएको दिन गएको शनिबार अनुसन्धान केन्द्रमा परीक्षण सवारी साधन संचारकर्मीहरुलाई देखाइएको थियो।

उड्ने कार लगभग ६ मिटर लामो र १२ मिटर चौडाई छ, चालक दल र यात्रु सहित पाँच व्यक्ति को लागि कुल क्षमता रहेको छ। ५०० मिटरको उचाइमा उडान गर्दा, आवाजको स्तर ४५ डेसिबल भएको रिपोर्ट गरिएको छ, जुन सामान्य कार (७० डेसिबल) वा मानव कुराकानी ६० डेसिबल) भन्दा पनि सानो आवाज हो।

हाल अमेरिका, जापान, युरोप र अन्यत्र उड्डयन प्राधिकरणहरूबाट व्यावसायिक सञ्चालनको लागि आवश्यक प्रकारको प्रमाणीकरण प्राप्त गर्न प्रक्रियाहरू चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार