जापान / ओसाका। नेपालीहरुको महान पर्व तिहारको अवसरमा जापानको ओसाकामा रहेका विभिन्न नेपाली रेस्टुरेण्ट तथा हलाल पसलहरुमा ब्लु ब्वाइज युनियनद्वारा २ दिने देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ।
परदेशमा रहेर पनि हाम्रो मौलिक परम्परागत चाडपर्व, रितिरिवाज ,कला संस्कृति र मुल्यमान्यताहरुलाई जगेर्ना गर्दै जापानमै हुर्किदैँ गरेका नयाँ पीढीहरुलाई पनि आफ्नो देशको संस्कृति बारे अवगत गराउनु पर्दछ भन्ने उद्देश्यका साथ खेलिएको र उक्त देउसीभैलो कार्यक्रमबाट उठेको रकम जापानमै विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने योजना रहेको पनि सचिव प्रदीप राज खड्काले जानाकारी दिए।
केहि महिना अघि मात्रै गठन भएको यस संस्थाले जापानमा विभिन्न समस्यामा रहेका नेपालीहरुलाई आर्थिक तथा अन्य तबरबाट पनि सहयोग गर्दै आईरहेको छ भने अहिले जापानमै दर्ता प्रकृयाको अन्तिम चरणमा पनि रहेको छ। परदेशी भूमिमा रहेर आफ्नो कार्यव्यस्थताको बाबजुत पनि सक्दो समय निकालेर सामाजिक कार्य र नेपालीहरुमा आउने विभिन्न समस्या तथा कठिन परिस्थितिहरुमा एकजुट भई अघि बढ्नुपर्दछ भन्ने उद्देश्यका साथ राजनीति, भौगोलिक र जातीय सोचभन्दा माथि रहि विशुद्ध सामाजिक सेवाको लागि ब्लु ब्वाइज युनियन गठन भएको पनि सचिव खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




