चिबा/जापान । गैरआवसीय नेपाली संघ( एनआरएन) चिवा क्षेत्रिय समिति जापानले गत सेप्टेम्वर २२ तारिक आईतबार चिवा माचुदो शहरको सेन्ट्रल पार्कमा जापानी समुदायमा नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्वन गर्ने उदेश्यले नेपाली तथा जापानीहरूको विविध कार्यक्रम सहित आयोजित एक दिने माचुदो नेपाल फेष्टिबल चिबा २०२४को आय-व्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रम चिवा स्थित अगेनो नेपाली रेष्टुरेन्टमा समपन्न भएको छ ।
कार्यक्रममा गैरआवसिय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद(एनआरएन )जापानका युवा संयोजक तथा फेष्टिबल आर्थिक संयोजक मुक्तिराज रेग्मीले उपस्थित अतिथिहरुमाझ नेपाल फेष्टिबल चिबा २०२४को आय-व्यय विवरण प्रस्तुत गरेका थिए।
माचुदो नेपाल फेष्टिबल चिबा २०२४मा कुल ८६,७९,८४१येन आम्दानी र ५६,३८,२४५येन खर्च भएको र ५,२०,०००येन असुल गर्न बाँकी र ३०,४१,५९६ येन मुनाफा राख्न सफल रहेको प्रतिबदेन मार्फत जानकारी गराए।
एनआरएन चिवा क्षेत्रिय समितिका संयोजक समिर जंग खड्काको सभापतित्वमा समपन्न कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन आइसिसि उपाध्यक्ष रविन शेरचन बिशेष अतिथिहरुमा गैर आवसिय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद (एनआरएन )जापानका अध्यक्ष नविन निउरे र एनआरएन चिवाका सल्लाहकार राजन भट्टराई (बिक्की ब्रो)रहेका थिए ।
एनआरएन चिवा क्षेत्रीय समितिका संयोजक समिर जंग खड्का र फेस्टिबल संयोजक राजनबाबु सुबेदीले फेस्टिबलको सफलताका लागि सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै यस्ता कार्यक्रमहरूले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरुले गैर आवसिय नेपाली संघ एनआरएन चिवा क्षेत्रिय समितिले गरेको कार्यको प्रसंशा गर्दै कार्यक्रम निरन्तरताको शुभकामना ब्यक्त गर्नुको साथै बचत मुनाफा रकम सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । आयोजकले फेस्टबल सफल बनाउन सहयोग गर्ने महानुभावहरुलाइ मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।
औपचारिक रुपमा सम्पन्न कार्यक्रमको संचालन एनआरएन चिवा क्षेत्रिय समितिका सचिव मोहन कार्कीले गरेका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




