टोकियो/जापान। बढ्दो मूल्यको बिरूद्ध उपायको रूपमा, टोकियो महानगर सरकारले यो वर्षको डिसेम्बरमा “प्वाइन्ट ब्याक”क्यान्पेन संचालन गर्ने भएको छ।

महानगरले घोषणा गरे अनुसार टोकियोका सुपरमार्केटहरूमा कोड भुक्तानीहरू प्रयोग गरी किनमेल गर्दा खर्च गरिएको रकमको १०% प्वाईन्टको रूपमा फिर्ता गरिनेछ।यस पटक एयु पे,डिबाराई,पेपे र राकुतेन पे जस्ता ४ वटा कोड पेनेन्ट प्रणालीलाई यस क्याम्पेनमा समावेश गरिएको छ।

यस क्यान्पेनको उद्देश्य बढ्दो मूल्यबाट प्रभावित टोकियोका बासिन्दाहरूको जीवनलाई सहयोग गर्नु हो र टोकियो महानगर सरकारले यस वर्ष मार्चमा पनि यस्तै अभियान सञ्चालन गरेको थियो।

लक्षित स्टोरहरूका रुपमा टोकियोका सुपरमार्केट र रेस्टुरेन्टहरू समावेश रहेका छन् । यदि कुनै उपभोक्ताले निर्दिष्ट कोड प्रयोग गरेर भुक्तानी गर्छ भने, भुक्तान रकमको १०% सम्म प्वाईन्टको रूपमा फिर्ता गरिनेछ।यसरी फिर्ता हुने अधिकतम प्वाईन्ट भने ३००० येनसम्म तोकिएको छ।

टोकियो महानगर सरकारले यस वर्षको डिसेम्बरमा यो अभियान सञ्चालन गर्ने योजना बनाएको छ । यस महिनाबाट सुरु हुने टोकियो महानगर सभामा आवश्यक परियोजना लागतका लागि लगभग १५ बिलियन येन समावेश गर्ने पूरक बजेट बिल पेस गर्ने बताईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार