टोकियो/जापान। अनेसास जापानको ७१ औँ नियमित साहित्य शृङ्खलामा मनोज मौसम केसीको गीत तथा म्युजिक भिडियो ‘तिमी बाहेक ‘ सार्वजनिक गरिएको छ।
११५ औँ लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गरिएको एक विशेष साहित्यिक कार्यक्रममा उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत मनोज मौसम केसीको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ। अनेसास जापानका अध्यक्ष अरुण पौडेलको अध्यक्षता तथा अनेसास केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कान्तिपुर दैनकका उपसम्पादक तथा साहित्यिक परिशिष्टाङ्क कोशेलीका सम्पादक दीपक सापकोटा, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे बिशिष्ट आतिथिका रूपमा आमन्त्रित थिए।
म्युजिक भिडियोमा मनोज मौसम केसी,नेहा ठकुरी, सुदीप श्रेष्ठ,एनपी गैह्रे,गंगा महतारा लगायतको अभिनय रहेको छ। मिन थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन अनिल कुमार निर्दोषले गरेका छन्। टोकियोका बिभिन्न क्षेत्रलाई म्युजिक भिडियोमा कैद गरिएको छ। म्युजिक भिडियोलाई प्रवासी नेपाली अनलाइन टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
संस्थाका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे लगायत संस्थाका आजीवन सदस्यहरू, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकारहरू तथा साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा रेणुका सोलुको तुइन जिन्दगी निबन्ध संग्रह, निलाञ्जला भारद्वाजको मुक्तक सङ्ग्रह निलाञ्जला, युवा कविहरू सुरज रानाको कविता संग्रह जब कविता निस्कन्छ जुलुसमा र प्रेम प्रकाशको रगतको तर्पण कविता संग्रहको जापान बिमोचन गरिएको थियो ।
कार्यक्रममै साहित्यिक पत्रकार दीपक सापकोटाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृतित्वमाथि चर्चा गर्दै ‘काव्यको आँखीझ्यालबाट देखिने समावेशी नेपाल समाज’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।
महाकवि लक्ष्मी प्रसाद देबकोटाको तस्बिरमा माल्यार्पण गर्दै आरम्भ गरिएको कार्यक्रममा संस्थाकी सहकोषाध्यक्ष सरिता चौधरीले स्वागत मन्तव्यबाट अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष शरद पोख्रेलले सार्वजनिक गरिएको म्युजिक भिडियो तथा लोकार्पण गरिएका पुस्तकहरूमाथि समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा दीपा घिमिरे, मञ्जु गिरी वन, अबिरल पाण्डे ,अमरदेव बास्तोला, समर प्रेम, गंगा गगन, दिलिप राई, मनोज मौसम केसी, शरद पोख्रेललगायतका श्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण संस्थाका महासचिव अनिल कुमार निर्दोषले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




