नेपाल क्रिकेट संघ (क्यान)ले यहि मंसिर १५ गतेबाट पुस ६ गतेसम्म आयोजना गर्न गइरहेको एनपिएलले नेपाली क्रिकेट जगत र फ्यानहरुमा छुट्टै किसिमको खुसि र उत्साह प्रदान गरेको छ्। विगत लामो समय देखि घरेलु लिगका प्रतियोगिताहरु नभएको कारण पनि यतिबेला एनपिएलको प्रथम संस्करलाई निकै महत्त्व र नेपाली क्रिकेट खेलाडीहरुको भविष्यको रुपमा पनि हेरिएको छ। प्रतियोगिताका हरेक खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन्।
यसपालीको एनपिएलमा ८ टिमको सहभागिता रहने छ जस अन्तर्गत विराटनगर किंग्स (सन्दिप लामिछाने ), चितवन राइनोस ( कुशल मल्ल) , जनकपुर बोल्ट्स ( आसिफ शेख) , कर्णाली याक्स (सोमपाल कामी), काठमाडौँ गुर्खाज (करण केसी) लुम्बिनी लायन्स ( रोहित कुमार पौडेल), पोखरा एभेन्जर्स (कुशल भुर्तेल)र सुदुरपश्चिम रोयल्स दिपेन्द्र सिंह ऐरेको टीम रहेका छन ।प्रत्येक टिममा ३ देखि ५ जना विदेशी खेलाडीहरु रहेका छन भने केहि निकै चर्चित खेलाडीहरुको सहभागीताले गर्दा पनि यसपालिको एनपिल निकै रमाइलो र भव्य हुने पनि अपेक्षा गरिएको छ। खेलको अफिसियल कमेन्ट्री प्यानलमा पनि चर्तित विदेशी अनुहारहरुको उपस्थिति र आवाजले गर्दा खेलको स्वभा अझ उच्च हुने धेरैको अपेक्षा रहेको छ।
सामाजिक सन्जालमा प्रत्येक टिमको फेसबुक फलोअर्सहरुको संख्या बारेमा पनि सामाजिक सन्जालमा चर्चा भएको देखिन्छ भने केहि फ्यानहरुले एक अर्कामा आफु समर्थक टिमले जित्ने दावी समेत गरेको पाइन्छ। हार जीतलाई सामान्य रुपमा लिई सकेसम्म हरेक टिमबाट नेपाली खेलाडीहरुको उच्च स्तरको खेल प्रदर्सन गर्न जरुरी देखिन्छ जसले आगामी दिनमा खेल्ने खेलहरुलाई पनो सहयोग पुर्याओस।
विगतमा पनि नेपालमा विभिन्न घरेलु लिगहरु एभेरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग , धनगढी प्रिमियर लिग लगायत अन्य लिगहरु पनि हुने गर्दथ्यो तर कोरोनाको प्रभाव पछि यस्ता किसिमका लिगका खेलहरु हुन सकेको थिएन।घरेलु लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई राष्ट्रिय टिममा प्रवेश गर्ने अवसरको ढोका पनि खुल्नेछ त्यसैले नयाँ खेलाडीहरु निकै संयमित र धैर्यताका साथ खेल खेल्न पनि जरुरी देखिन्छ। विगत लामो समय देखि नेपालको राष्ट्रिय टोलीमा एउटै र पुरानै अनुहारका खेलाडीहरुको हाबी भएको कारण पनि यस्ता किसिमका लिगहरुबाट राष्ट्रिय टोलीमा नयाँ अनुहारका खेलाडीहरुलाई अवसर दिन पनि आवश्यक देखिन्छ। हाल क्यानको सचिव पदमा पूर्व कप्तान पारस खड्काको आगमनले नेपाली कृकेट जगतमा केहि परिवर्तनको आशा जगाएको छ । पारस खड्काको नियुक्ति पछि राष्ट्रिय क्रिकेट टोलीका पुरुष र महिला खेलाडीहरुको सेवा सुविधा तथा तलब पनि वृद्धि भएको छ । आशा गरौ आगामी दिनमा पनि यसैगरी नै अन्य नीतिगत कार्य तथा योजनाहरुको काम अघि बढ्नेछ।
विभिन्न देशका चर्चित अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागितामा खेल हुने हुनाले पनि विश्वसामु नेपाली क्रिकेट क्षेत्रको छवि थप बलियो देखिन सक्नेछ।यसपाली एनपिएलको प्रत्यक्ष प्रसारण निकै चर्तित च्यानल स्टार स्पोर्टबाट पनि आउने भएको हुनाले पनि नेपालको क्रिकेट क्षेत्रले थप चर्चा पाउने आशा गरिएको छन भने विभिन्न युटुव च्यानहरुमा लाइभ आउने हुनाले पनि देश तथा विदेशमा रहेका नेपालीहरुलाई खेलबारे अपडेट हुन सहज हुनेछ ।नेपाली क्रिकेट क्षेत्रमा भर्खरै पाइला चाल्दै गरेका नयाँ खेलाडीहरुले आफ्नो खेल प्रदर्शन सँगै राम्रो अनुभव पनि लिने छन जसले नेपाली क्रिकेट क्षेत्रलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत गर्नेछ।
एनपिएलको चर्चा स्वदेशमा मात्र नभएर विदेशमा समेत भइरहेको हुँदा देशको आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका रहेको हुन्छ। रुपन्देहीमा गुल्मीका बिनोद कुँवरले एकल लगानीमा निर्माण गर्दै गरेको Extratech Oval-International Cricket Stadium ले नेपालको क्रिकेट क्षेत्रमा केहि आशा जगाएको छ । राज्यले पनि खेल क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारहरुको लागि विशेषध्यान दिन जरुरी छ भन्ने कुरा एकल लगानीमा निर्माण हुदै गरेको अन्तर्राष्ट्रिय स्तरको निर्माधिन रङ्गशालाले पनि सोच्न बाध्य गराएको छ।
आशा गरौँ यसपालीको घरेलु लिग एनपिएलले आगामी दिनमा पनि यस्तै लिगहरु आयोजना गर्दै नयाँ खेलाडीहरुलाई अवसरको बाटो प्रदान गरोस। विदेशी खेलाडीहरुलाई तिर्ने चर्को शुल्क स्वदेशी खेलाडीहरुको उत्पादन र विकासमा लगानी गरि कृकेट लगायत अन्य खेलकुदको क्षेत्रमा पनि राज्य ,क्यान लगायत अन्य व्यवसायीकर्मीहरुको ध्यान गई भौतिक संरचनाहरुको विकाश र निर्माणमा पनि सुधार होस।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




