टोकियो/जापान। जापानी प्रधानमन्त्री इसिबा सिगेरुले कम्पनीहरूलाई कामदारहरूको तलब वृद्धि जारी राख्न आह्वान गरेका छन् ।इसिबा सरकारले स्थिर मुद्रास्फीति र आर्थिक वृद्धिलाई सुरक्षित गर्न खोजेको छ । जसको लागि बढ्दो लागतलाई पनि प्रतिक्रिया दिनुपर्नेछ ।

इशिबाले श्रमिक संघ र व्यवसायी नेताहरुसँगको भेटपछि भने, “यस वर्षको गतिलाई बलियो बनाउन अर्को वर्षको ज्याला वार्तामा उल्लेख्य ज्याला वृद्धिका लागि सहयोगको गर्न आग्रह गरेको छु।” यस वर्ष पनि जापानमा पछिल्लो ३३ वर्षयताकै उच्च तलव वृद्धि गरिएको थियो।

इशिबाले वार्षिक तलब वार्तामा प्रमुख व्यवसायी संघहरुका नेताहरुसंग भेटे, जसमा जापानको सबैभन्दा ठूलो ट्रेड युनियन फेडरेसन रेन्गोका अध्यक्ष तोमोको योशिनो र व्यापार लबी केइदानरेनका प्रमुख मासाकाजु तोकुरा लगायतका थिए। अहिले भइरहेका यि छलफललाई जापान सरकार तथा बैंक अफ जापानले नजिकबाट हेरिरहेका छन् किनभने अधिकारीहरूले ज्याला वृद्धिलाई सकारात्मक आर्थिक वृद्धि चक्र हासिल गर्ने प्रमुख निर्धारकको रूपमा हेर्ने गरेका छन् ।

प्रधानमन्त्री इसिबा सरकारले जापानको बढ्दो मुद्रास्फीतिसंग जुध्न आम मानिसहरुको आम्दानी वृद्धि गरिनुपर्ने स्विकार गर्दै,सन २०२९ सम्ममा प्रतिघण्टा ज्याला १५ सय यने पुर्याउने लक्ष राखेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार