टोकियो/जापान। जापानमा रहेका नेपाली विद्यार्थी हरुको भाषागत सुधार ल्याउने उदेश्य सहित डिसेम्बर १ तारीख आईतबारका दिन जपानको राजधानी टोकियोमा आयोजित नेपाल फेस्टिवलमा भएको जापानी भाषा वक्तृत्व कला प्रतियोगितामा मेलिना सिंह ठकुरी प्रथम भएकी छिन् ।

नेपाली विद्यार्थी समाज जापानले संचालन गरेको उक्त कार्यक्रम,खुम बहादुर रावल द्वितीय र विष्णु लामासे तृतीय स्थान हासिल गरेको आयोजक संस्था नेपाली विद्यार्थी समाजा जापानका महासचिव अनुमप खड्काले जानकारी गराए।

नेपाली विद्यार्थी समाज जापान द्धारा आयोजित तथा गैर आवासिय नेपाली संघ जापान, नेपाली राजदुतावास जापानको सहआयोजनामा र आईएचएनओ( IHNO)को आर्थिक सहयोगमा सञ्चालित वक्तृत्व कलाको अन्तिम नतिजा,१४ औँ नेपाव फेस्टिवलको अवसरमा सोहि मञ्चबाट गरिएको हो।

जापानवासी नेपाली विद्यार्थी हरुबिच जापानी भाषा सम्बन्धि ज्ञान विकासका लागि आयोजना गरिएको प्रतियोगितामा भाग लिई आफ्नो स्थान ओगट्न सफल भएका प्रतिस्पर्धीलाई आकर्षक पुरस्कार र सम्मान पत्रले सम्मान गरीएको थियो। उक्त वक्तित्व कला मा प्रथम पुरस्कार १ लाख राशि द्वितीय पुरस्कार ५० हजार र तृतीय ३० हजार नगद सहित प्रमाण पत्र जापानका लागि नेपाली राजदुतावास डा दुर्गा वहादुर सुवेदी, गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष नवीन न्युरे र IHNO का अध्यक्ष योसीहरु कोमियामाले हस्तान्तरण गरेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार