टोकियो/जापान। जापान सरकारले जापानका सबै बासिन्दाका लागि माई नम्बर कार्ड प्रयोगको दायरामा ल्याउने लक्ष्य राखेको छ।

यस वर्षको अक्टोबरको अन्त्यसम्ममा कुल ९ करोड ४४ लाख ९० हजार मानिसहरुलो माईनम्बर कार्ड बनाएको सरकारी तथ्यांकले देखाएको छ। यो संख्या जापानको कुल जनसंख्याको ७५.७ प्रतिशत हो ।

सन २०१६ बाट जारी गर्न सुरु भएको माईनम्बर कार्डलाई सरकारले आफ्ना सम्पूर्ण नागरिकहरु (जापानमा बसोवास गर्ने विदेशी सहित)को जानकारी एकिकृत गरि,आवश्यक सम्पूर्ण सेवा सुविधाहरु समेत एकद्वार प्रणालीमा समेट्ने संयत्रकोरुपमा लिएको छ ।

यहि महिनाबाट स्वास्थ्य बिमा कार्डलाई अनिवार्य माईनम्बरमा एकिकृत गराउने प्रयास स्वरुप नयाँ इन्स्योरेन्स कार्डहरु जारी गर्न बन्द गरेको छ भने, सवारी चालक अनुमतिपत्र(लाईसेन्स)लाई पनि एकिकृत गराउने योजना यस अघिनै घोषणा गरिसकेको छ। सबै कार्डहरुलाई एउटै माईनम्बर कार्डमा एकिकृत गराउँदै
मानिसहरूको दैनिक जीवनमा अझ सहज बन्ने सरकारी धारणा रहेको छ।

हाल, माईनम्बर कार्ड बाहकहरुले कन्विनिएंस स्टोरहरुबाट आफ्नो निवासी दर्ता कागजातहरूको प्रतिलिपि सजिलै प्राप्त गर्नुका साथै भिसा नविकरण,लगायतका प्रकृयाहरु समेत अनलाईनबाट सहजै गराउन सक्दछन् ।यसका साथै वित्तीय संस्थाहरूले इन्टरनेटमा धितोपत्र लेनदेन खाताहरू खोल्न र आवास ऋण सम्झौताहरूमा हस्ताक्षर गर्न समेत माईनम्बर कार्डको प्रयोग हुन थालेको छ।

सरकारले सन २०२५ को मार्चबाट सवारी चालक अनुमती पत्रलाई समेत माईनम्बर कार्डमा एकिकृत गराउने प्रणाली कार्यन्वयनमा ल्याउनेछ।

आजबाट जापानमा नयाँ स्वास्थ्य बिमा कार्ड जारी नगरिने,माईनाहोकेन्स्यो पूर्णरुपमा कार्यन्वयन

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार