टोकियो/जापान। बागलुङ समाज जापानको ५ औँ अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने भएको हो।
गत नोभेम्बर २४ मा समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामू खत्रीले जानकारी दिए ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ।अधिवेशन भब्य रुपमा सम्पन्न गर्नका लागी सबै तयारी थालिएको प्रवक्ता खत्रीले बताए । अधिवेशनका दिन जापानमा रहेका सबै बागलुङबासीलाई सहभागि जनाउन समेत खत्रीले अनुरोध गरे।

बागलुङबाट जापानाका विभिन्न शहरहरुमा बागलुङ बासीहरुको ठुलो संख्या रहेको छ । विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सहकार्य गर्दै आएको छ ।
जापानमा रहेका बागलुङेसहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र बागलुङको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको हो । समाजले बागलुङको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृति क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार