टोकियो/जापान। जापानमा अहिले पार्भोभाइरस B19 का केसहरु बढिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

पार्भोभाईरसले एरिथेमी इन्फेक्सिएम(erythema infectiosum) लाई निम्त्याउँछ, जसलाई सामान्यतया “स्ल्याप्ड-चीक रोग” भनिन्छ । यस भाईरसको संक्रमणबाट गालामा रातो दागहरु देखा पर्दछ। जसलाई गालामा थप्पड हानेर डाम बसेजस्तो रातो देखिन्छ। जापानको कान्तो क्षेत्र र अन्य भागहरूमा सन २०१९ पछि पहिलो पटक अहिले तीब्ररुरुपमा फैलिरहेको छ ।

जापान सोसाइटी फर इन्फेक्सियस डिजिज इन ओब्स्टेट्रिक्स एन्ड गायनोकोलोजी (जेएसआईडीओजी) ले यो प्रकोप जारी रहन सक्ने र सन् २०२५ सम्ममा राष्ट्रिय महामारी निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ । यो भाइरसले गर्भवती महिलाहरूलाई विशेष जोखिम निम्त्याउँछ । किनभने यो भाईरस गर्भवती महिलाहरुमा संक्रमण भएमा गर्भपतन वा नवजात शिशुहरूमा जटिलताहरू निम्त्याउने सम्भावना बढाउन सक्छ।

यसलाई “पाँचौं रोग” पनि भनिन्छ, यो रोगले मुख्यतया बच्चाहरूलाई असर गर्छ र हरेक चार देखि पाँच वर्षमा फेरि बल्झिन्छ। यो हाछ्युँ गर्दा वा खोक्दा श्वासप्रश्वासका माध्यमबाट फैलिन्छ। प्रारम्भिक लक्षणहरू सामान्य रुघाखोकी जस्तै देखिन सक्छ।त्यसपछि दुवै गालामा रातो दाग देखा पर्दछ, जुन सामान्यतया एक हप्तासम्म रहन्छ।

जापानको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजमा रिपोर्टिङ गर्ने करिब ३,००० मेडिकलहरुको तथ्याङ्क अनुसार, अगस्टको आसपासमा यस्ता केसहरू बढ्न थालेका थिए।नोभेम्बर २५ देखि डिसेम्बर १ सम्मको सातामा , प्रति चिकित्सा संस्था राष्ट्रव्यापी ०.८९ केसहरु देखिएका थिए । यो अघिल्लो हप्ताको तुलनामा लगभग ७० प्रतिशत वृद्धि हो। टोकियो क्षेत्रमा विशेष गरी उच्च संक्रमण दरहरू देखिरहेको छ । प्रति चिकित्सा संस्थामा साइतामा प्रिफेक्चरमा ३.४९, टोकियोमा ३.०२, कानागावा प्रान्तमा २.१७ र चिबामा २.१ रिपोर्ट गरिएको छ। यी सबै क्षेत्रहरूमा स्वास्थ्य सल्लाहहरू जारी गरिएको छ।

पार्भोभाईरस B19 (Erythema infectiosum) को संक्रमणबाट जोगिने उपायहरू:
साबुन र पानीले नियमित रूपमा हात धुने।
विशेष गरी बच्चाहरूको सम्पर्कमा गएपछि।
अन्य व्यक्तिहरूसँग नजिक सम्पर्क टार्ने:
संक्रमित व्यक्तिहरूसँगको नजिक सम्पर्क टार्ने।
ज्वरो वा रुघा लागेको व्यक्तिसँग सुरक्षित दूरी कायम गर्ने।
खोक्दा र हाछ्युँ गर्दा मास्क लगाउने।
टिस्यु वा कुहिनो प्रयोग गरेर नाक र मुख छोप्ने।
प्रयोग भएका सामान र खेलौना सफा राख्ने।
सार्वजनिक ठाउँका सतहहरू नियमित रूपमा पुछ्ने।

जोखिमहरू:
हल्का ज्वरो, सुक्खा रुघा, शरीर दुखाइ।
अनुहारमा रातो दाग (“slapped cheek” जस्तो लक्षण)।
बालबालिकामा बिमिरा र शरीरको अन्य भागमा दाग देखिन सक्छ।गर्भवती महिलामा भने भ्रूणमा एनिमिया (रक्तअल्पता) को समस्या।दुर्लभ अवस्थामा गर्भपतनको सम्भावना।
इम्युनिटी कमजोर भएका व्यक्तिहरूमाःदीर्घकालीन एनिमिया।संक्रमण गम्भीर रूप लिन सक्छ।
रक्त सम्बन्धी समस्या भएका व्यक्तिहरूमा:
सिकल सेल एनिमिया भएका बिरामीहरूमा यसले गम्भीर रक्ताल्पता (Aplastic Crisis) निम्त्याउन सक्छ।

सुझाव:
यदि तपाईं जोखिमयुक्त समूहमा पर्नुहुन्छ (गर्भवती, सिकल सेल एनिमिया भएका, वा कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका), संक्रमित व्यक्तिसँग सम्पर्क नगर्नुहोला।कुनै असामान्य लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुहोला।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार