टोकियो/जापान। जापानमा सस्तो र छिटो कपाल काट्ने सेवा उपलब्ध गराउँदै आएको क्युबि हाउस(QB ハウス) ले सन २०२५ को फेब्रुअरीदेखि कपाल काट्ने शुल्क १४०० येन बनाउने भएको छ।
कम्पनीका अनुसार सबै वस्तु तथा सेवाहरुको मूल्य वृद्धि भएपछि,वर्तमान बढ्दो मूल्य वृद्धि तथा समग्र महंगीसंग समायोजन गर्दै हाल कायम १३५० येनबाट बढाएर १४०० येनमा पुर्याउने तय गरिएको हो।
कम्पनीले भनेको छ, वस्तुहरूको मूल्यवृद्धि, कर्मचारीहरूको निरन्तर प्रशिक्षणमा लगानी, र ग्राहक सन्तुष्टिलाई बढावा दिन डिजिटल रूपान्तरण तथा पसलहरूको सुधारका लागि गरिएको लगानीलाई मध्यनजर गर्दै मूल्य समायोजन आवश्यक भएको हो।
“QBハウス” ले सन १९९६ नोभेम्बरमा जापानको पहिलो हेयरकट विशेषज्ञ पसलको रूपमा सेवा सुरु गरेको थियो। अतिरिक्त सेवाहरूलाई हटाएर, दक्षता बढाउँदै, छोटो समयमा गुणस्तरीय कपाल काट्ने सेवा प्रदान गर्दै आएको यो कम्पनीले हाल जापानभर ५६३ र विदेशमा १२८ गरी कुल ६९१ शाखाहरू सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




