जबसम्म कुनै पनि क्षेत्रमा असल नेतृत्त्व हुदैँन तबसम्म जतिसुकै स्रोत र साधन भएतापनि त्यसले उल्लेखिय सुधार र परिवर्तन ल्याउन सक्दैन तर असल नेतृत्त्व भएमा आवश्यक स्रोत र साधनको अभावका बाबजुत पनि केहि सुधार गर्ने प्रयास भने भइरहेको हुन्छ।

पछिल्लो समय नेपालको क्रिकेट क्षेत्रमा देखिएको परिवर्तनको आधार पनि पुर्व कप्तान तथा क्यानका सचिव पारस खड्का नै हुन। करिब २ दशक जति नेपाली क्रिकेट क्षेत्रमा आफ्नो समय बिताएका उनि राष्ट्रिय टिमको कप्तान पनि भएका थिए जसले नेपाललाई डिभिजन ५ हुदैँ सन् २०१४ मा पहिलो पटक विश्वकप खेलमा पुर्याउनुको साथै आईसीसी बाट उनकै कप्तानीमा एकदिवसीय मान्यता पनि दिलाउन सफल भएका थिए।विगतमा केहि समय नेपाली खेलाडीहरु र क्यान विच विवाद उत्पन्न भएको थियो तर अहिले पारस खड्काको आगमन पछि नेपाली क्रिकेट क्षेत्रका खेलाडीहरु विच एकता हुनुको साथै खेलाडीहरुको सेवा सुविधा तथा तलबमा पनि वृद्धि भएको छ। यो पनि नेपाली क्रिकेट खेलाडीहरुको लागि सकारात्मक पक्ष हो जसले नयाँ खेलाडीहरुलाई पनि क्रिकेट खेलमा आबद्ध हुन थप प्रेरणा प्रदान गर्दछ।

नेपाली क्रिकेट क्षेत्र आजको यो अबस्थासम्म आइपुग्नुमा क्यानका अन्य पदाधिकारीहरुसँगै पारस खड्काको उल्लेखनीय भूमिका रहेको छ ।क्रिकेट सामुहिक रुपमा खेलि सबैको मिहिनेत र योगदानले अघि बढ्ने कुरा हो तर पनि नेपाली क्रिकेटमा पारस खड्काको निकै ठुलो जिम्मेवारी र योगदान रहेको छ कुनै बेला नेपालको क्रिकेट खेलको ब्याटिङ्ग लाइनमा पारस खड्का आउट हुने बित्तिकै खेल नै सकिए जस्तो हुन्थ्यो साथै केहि खेलहरुमा विपरित साइडबाट निरन्तर विकेट जादाँपनि पारसले एक्लै संघर्ष गरि खेलहरु जिताउन पनि सफल भएका क्षणहरु पनि धेरै रहेका छन।नेपाली क्रिकेट क्षेत्रमा सीमित स्रोत ,साधन साथै सेवा सुविधाको अभावका बिच पनि लामो समय संघर्ष गरेर क्रिकेट क्षेत्रलाई राम्रोसँग बुझेर क्यानको सचिव जस्तो जिम्मेवारी पदमा निर्वाचित भएर आएका पारस अहिले नेपाली क्रिकेटको वर्तमान अबस्थालाई अङ्गाल्दै सुन्दर भविष्यको निर्माणमा खटिरहेका छन जसले नेपाली क्रिकेटको बिकास र परिवर्तनको लागि सरकारी निकाय तथा अन्य सम्बन्धित ब्यक्तिहरुसँग पनि हात जोडि अघि बढ्न तयार रहेको कुरा पनि सन्चार माध्यमबाट बताएका थिए। अहिले आफुले काम गरिरहदा सरकार तथा खेलकुद मन्त्रालय र पुर्व प्रधानमन्त्रीहरुबाट आवश्यक सहयोग र साथ रहेको पनि बताए तर केहि कामहरु कानुनी प्रकृया अनुसार जादाँ केहि कठिन र समय लाग्ने कुराहरु प्रति पनि गुनासो राखेका थिए।

एनपीएल एउटा असल नेतृत्त्वको सफल उदाहरण गएको मङ्सिर १५ गते देखि पौस ६ गते सम्म ८ फ्रेन्चाइज टिम बिच भएको प्रतियोगिताले विश्वकै ध्यान केन्दृत गर्न सफल भयो जहाँ विभिन्न देशका विश्व प्रसिद्ध खेलाडीहरु शिखर धवन (भारत), मार्टिन गप्टिल (न्युजिल्याण्ड), रबि बोपोरा (इङ्गल्याण्ड) देखि अन्य खेलाडीहरुको उपस्थितिमा खेल भयो भने वेस्ट इन्डिजका ब्रायन लारा पनि एनपीएल हेर्न प्रत्यक्ष रुपमा नै आए।जसले गर्दा आगामी वर्षहरुमा एनपीएल थप रोजक र उत्कृष्ट रुपमा अघि बढ्ने अनुमान सजिलै लगाउन सकिन्छ। एनपीएलमा केहि खेलाडीहरुले सोचेभन्दा बढि राम्रो खेल प्रदर्सन गर्न सफल भए, बढि आशा गरिएका केहि खेलाडीहरु पुर्ण रुपमा फ्लप भए भने केहि नयाँ आसलाग्दा खेलाडीहरु पनि देखिए जसले गर्दा आगामी दिनमा राष्ट्रिय टोलिको टिममा पनि फेरबदल गर्न आवश्यक रहेको सन्देश दिएको छ। सीमित स्रोत र साधनका बाबजुत पनि केहि ब्यावसायिक ब्यक्तिहरु र निजी कम्पनीहरुको सहायतामा खेलाडीहरुको खरिद देखि खेल सन्चालनमा महत्तपुर्ण रुपमा आफ्नो जिम्मेवारी वहन गरि दिनहु हजारौँ दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको एनपीएलले विश्वसामु छुट्टै किसिमको सन्देश दिएको छ भने आगामी दिनमा एनपीएल अझ फरक उचाईमा पुग्नेछ।

आगामी दिनमा नेपाली क्रिकेटको लागि चुनौती
हाल आइसिसीबाट अस्थायी रूपमा एक दिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।नेपालले आफ्नो ओडिआई मान्यतालाई जोगाउँछ या गुमाउँछ त्यो नै सबैभन्दा ठुलो चुनौती रहेको छ ३६ खेल मध्ये १२ खेल खेलिसकेको नेपालले जम्म ६ अङ्कमात्र जोड्न सफल भएको छ। आगामी दिनमा नेपाललाई खेल जितेर अघि बढ्नुपर्ने चुनौती पनि रहेको छ। पछिल्लो समय नेपालका भरपर्दा खेलाडीहरुबाट नै अपेक्षा अनुसारको प्रर्दसन नहुदा पनि जितको मुखमा पुगेका केहि खेलहरु पनि हारिरहेका छन जसले गर्दा अङ्कतालिकामा धक्का दिइरहेको छ। आगामी दिनमा केहि खेलाडीहरु परिवर्तन गरेर हुन्छ कि नयाँ बलिङ्ग तथा ब्याटिङ कोच लिएर हुन्छ खेललाई आफ्नो नतिजामा ल्याउन क्यानले पनि गम्भिर रुपमा सोच्ने विषय आएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको दुईवर्षे सम्झौता डिसेम्बरमा सकिएपछि नवीकरण नगर्ने निष्कर्षमा पुगेको छ। मासिक १५ हजार डलर पारिश्रमिकमा नियुक्त भएका देसाईको नेतृत्वमा नेपालले लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाएको भए पनि पछिल्लो समय टिमको प्रदर्शन कमजोर देखिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द को २ कार्यकालसँगैको अनुभव र सचिवमा क्रिकेट क्षेत्रमा लामो समय अनुभव लिएका पारस खड्काको सहकार्यले देसको अन्य क्षेत्रमा नेतृत्त्व गरिरहेका व्यक्तिहरुलाई पनि असल र ईमान्दारी व्यक्तिहरुको हातमा नेतृत्त्व भयो भने परिवर्तन गर्न कुनै पनि बाधा अवरोध र असम्भव हुदैँन भन्ने सन्देश पनि दिएका छन। देशमा स्वाथ्य , शिक्षा, यातायात लगायत अन्य क्षेत्रहरुमा पनि देश र जनताप्रति सोचेर काम गर्ने हिम्मत र अठोट राखेर अघि बढ्ने हो भने सहजै पुरा गर्न सकिन्छ भन्ने उदाहरण र सन्देशको पात्रको रुपमा पछिल्लो समय क्यानका सचिव पारस खड्कालाई लिन सकिन्छ साथै यो इमान्दारीतालाई यसरी नै निरन्तर देख्न पाइयोस।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार