टोकियो/जापान। निजी क्षेत्रका थिङ्क ट्याङ्कहरू र अन्य संस्थाहरूले गरेको पूर्वानुमान अनुसार यस वर्ष जापानको वास्तविक घरेलु उत्पादन (जीडीपी) वृद्धि अघिल्लो वर्षको तुलनामा उच्च रहने अपेक्षा गरिएको छ।
यसका मुख्य कारणहरूका रुपमा अपेक्षित तलब वृद्धिहरू र मूल्यवृद्धिको निरन्तरतालाइ मानिएको छ।
जापानको केन्द्रीय बैंक (बैंक अफ जापान – BOJ)ले ब्याजदर बढाउँदै जाने सम्भावना छ। धेरै अर्थशास्त्रीहरूले सन् २०२५ को आर्थिक वर्षमा नीतिगत ब्याजदर ०.७५% देखि १% को बीचमा पुग्ने प्रक्षेपण गरेका छन्। तर, यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै आउने नीतिगत प्रभावको अनिश्चितताले जोखिम निम्त्याउने अर्थशास्त्रीहरूले औंल्याएका छन्।
“हामी ‘सामान्य अर्थतन्त्र’ मा प्रवेश गर्नेछौं, जहाँ तलब, मूल्य र ब्याजदर वृद्धि सामान्य हुनेछन्,” नोमुरा सेक्युरिटीज जापानका प्रमुख अर्थशास्त्री क्योहेई मोरिताले भने।
यो वर्ष मूल्यहरू लगातार बढ्ने अपेक्षा गरिएको छ, यद्यपि पहिलेको तुलनामा कम गतिमा बढ्नेछ । रोजगार कायम गर्नुपर्ने आवश्यकता तथा श्रम अभावका कारण तलब वृद्धिले निरन्तरता पाउनेछ।
मोरिताका अनुसार, “यी परिवर्तनहरू नयाँ सामाजिक मान्यता बन्ने अपेक्षा छ, जसले ‘तलब र मूल्यको सकारात्मक चक्र’ सिर्जना गर्न मद्दत पुर्याउनेछ। यसले ब्याजदर वृद्धिको औचित्य प्रमाणित गर्नेछ।”
सन २०२४ मार्चमा नकारात्मक ब्याजदर नीतिलाई हटाएर,जुलाईमा पुनः ब्याजदर वृद्धि गरेर BOJ ले आफ्नो मौद्रिक नीति सामान्यीकरण गर्ने प्रयास गरेको थियो। यदि आर्थिक र मूल्यवृद्धि ट्रेन्ड “ठिक ट्र्याकमा” रह्यो भने, बैंकले ब्याजदर बढाउने सम्भावना रहेको वरिष्ठ अधिकारीहरूको भनाई छ।
बैंक अफ जापानको अक्टोबरमा सार्वजनिक “आर्थिक गतिविधि र मूल्य पूर्वानुमान प्रतिवेदन” अनुसार, सन् २०२५ को आर्थिक वर्षमा जापानको जीडीपी अघिल्लो आर्थिक वर्षको तुलनामा मूल्य समायोजनपछि वास्तविक रूपमा १.१% वृद्धि हुनेछ। कोर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) १.९% ले बढ्ने अपेक्षा गरिएको छ। धेरै निजी संस्थाहरूले पनि यस्तै पूर्वानुमान प्रस्तुत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




