टोकियो-जापान । अङ्रेजी नयाँ वर्ष २०२५ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा जापानको ओसाकामा ब्लु ब्वाइज युनियनद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम र नयाँ सदस्यहरुलाई स्वागत र प्रमाणपत्र वितरण गरि कार्यक्रम सम्पन भएको छ।
अध्यक्ष बासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार पाण्ड्येको शुभकामना मन्तव्य रहेको थियो।साथै कार्यक्रममा सदस्य मोहन कुवरले टोपी दिवसको अवसरमा नेपाली टोपीको इतिहास र महत्त्व बारे जानाकारी दिएका थिए भने सदस्य राम कृष्ण केसीले नयाँ सदस्यहरुलाई संस्थाको बारेमा प्रकाश पार्दै आगामी दिनमा गर्ने कार्ययोजनाको बारेमा जानकारी गराएको सचिव प्रदीपराज खड्काले बताए ।
हामी देश विदेश जहा रहे पनि हाम्रा ऐतिहासिक,सामाजिक ,सांस्कृतिक र धार्मिक महत्त्व बोकेका मौलिक चाडपर्व तथा रितिरिवाजहरुलाई बचाई राख्नु र जगेर्ना गर्नु हामी सबैको साझा दायित्त्व पनि हो। पछिल्लो समय परदेशमा पनि बढ्दो रुपमा हुर्कदै गरेका बालबालिकाहरुको संख्यासँगै उनिहरुलाई पनि हाम्रो संस्कृति तथा चाडपर्वहरुप्रति परिचित बनाउनु पनि हामै सबैको जिम्मेवारी हो। यि र यस्तै कुराहरुलाई आगामी दिनमा पनि संस्थाले निरन्तरता दिदैँ अघि बढ्ने पनि सचिव खड्काले जानाकारी दिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




