टोकियो/जापान। शुक्रबार टोकियोको तामामा रहेको होसेई विश्वविद्यालयको कक्षाकोठामा अन्धाधुन्दा हथौडाले प्रहार गरि ८ जना संगै अध्ययनरत विद्यार्थीहरुलाई घाईते बनाएपछि, दक्षिण कोरियाली २२ वर्षिया विद्यार्थी घटनास्थलबाटै पक्राउ परेकी छिन् ।

घटनास्थलका दृश्यहरुमा केहि विद्यार्थीहरुको टाउकोबाट रगत बगिरहेको बताइएपनि, घाईते भएका सबै विद्यार्थीहरुको अवस्था सामान्य रहेको बताईएको छ। यो घटना कक्षामा हुने बुलिङ(जिस्काउने/दुर्व्यवहार गर्नेजस्ता)कारण घटेको आँकलन गरिएको छ।

अनुसन्धान र अन्य स्रोतहरूका अनुसार, “म माथी हुने बुलिङका कारणले म निराश थिएँ,” संदिग्धले भनिन्, उनले थपिन् कि उनी “रिसले भरिएकी थिइन्” किनभने उनलाई “बेवास्ता गरिएको थियो” र स्कूलमा फेला परेको हथौडाले मानिसहरूलाई प्रहार गर्ने निर्णय गरिन्।

स्रोतहरूले भने कि युवतीले दिउँसो ३:४० बजेतिर समाजशास्त्र विभागको भवनमा कक्षाको समयमा अचानक हथौडा प्रहार गर्न थालेकी थिइन् । उक्त कक्षाकोठामा लगभग १०० जना विद्यार्थीहरु थिए।

अन्य विद्यार्थीहरूका अनुसार, अभियुक्तले केही महिना अगाडि विद्यार्थीहरूलाई आक्रमण तथा अपशब्द प्रयोग गरेर कक्षामा अशान्ति सिर्जना गरेकी थिइन् ।

होसेई विश्वविद्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, घाइते भएका आठैजना सामान्य उपचारले निको भएका छन् । कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएन।

“हामी प्रहरी अनुसन्धानमा सहयोग गर्नेछौं र घटनाबाट प्रभावित विद्यार्थी तथा शिक्षकहरूको हेरचाह गर्नेछौं,” साथै, “क्याम्पसको सुरक्षालाई सुनिश्चित गर्न प्रयास गरिनेछ” ।

जापानमा कडा बन्दुक नियन्त्रणका कारण हिंसात्मक अपराधहरू दुर्लभ छन्।तर कहिलेकाहीँ छुराले आक्रमण गर्ने घटना र गोली हान्ने घटना पनि हुने गरेका छन्। जस्तै गत डिसेम्बर महिनामा किताक्युशुको एउटा म्याकडोनाल्ड रेस्टुरेन्टमा एकजना जुनियर हाई स्कूलका विद्यार्थी छुरा हानिएर मारिएका थिए र अर्को एकजना घाइते भएका थिए। उक्त आक्रमणका लागि पछि एक व्यक्तिलाई पक्राउ गरिएको थियो।
त्यसै गरि जनवरी सन २०२२ मा जापानको प्रतिष्ठित टोकियो विश्वविद्यालय बाहिर तीन जनालाई छुरा हानिएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार