टोकियो/जापान । सेइजिन नो हि (成人の日) जापानमा १८ वर्ष पुगेका युवाहरूलाई सम्मान र वयस्क जीवनमा प्रवेश गरेकोमा स्वागत गर्न मनाइने परम्परागत राष्ट्रिय दिवस हो। यो दिन युवाहरूलाई उनीहरूको नयाँ जिम्मेवारी, अधिकार, र स्वतन्त्रताको प्रतीकको रूपमा बधाई दिइन्छ। यो जापानी समाजमा वयस्कतामा प्रवेशको महत्त्वपूर्ण समारोह मानिन्छ।

यो दिन स्थानीय नगरपालिकाहरूले औपचारिक कार्यक्रम आयोजना गर्छन्, जसलाई सेइजिन सिकी “成人式” भनिन्छ। कार्यक्रमहरूमा परम्परागत जापानी पोशाक किमोनो लगाउने चलन छ।

सेइजिन नो हि (成人の日)कहिले मनाइन्छ?
सेइजिन हि हरेक वर्ष जनवरी महिनाको दोस्रो सोमबार मनाइन्छ।यस पर्वलाई जापानको राष्ट्रिय बिदाको रूपमा मान्यता दिइएको छ।यस वर्ष भने जनवरी १३ तारिख(आज) परेको छ।

यस वर्ष १० लाख ९० हजार युवा/युवतीहरु १८ वर्ष पुगे

यस वर्ष यानेकी सन २०२५ मा, जापानमा १० लाख ९० हजार युवा १८ वर्षमा प्रवेश गरेका छन्।यो तथ्यांक अनुसार १० लाख ९० हजार युवाहरू वयस्कतामा प्रवेश गरेका छन् । जुन जापानी समाजमा नयाँ जिम्मेवारी र अवसरको प्रतीक हो।

नयाँ परिवर्तन: १८ वर्षमै वयस्क मानिने प्रावधान

सन २०२२ देखि जापानले कानुनी रूपमा वयस्कताको उमेर २० वर्षबाट घटाएर १८ वर्ष गरेको हो । अब १८ वर्षका युवाहरूले पासपोर्ट बनाउन, क्रेडिट कार्ड लिन, र वैधानिक सम्झौतामा सहभागी हुन सक्छन्। तर, केही अधिकार (जस्तै, मादक पदार्थ सेवन र धुम्रपान) २० वर्षपछि मात्र मान्यता प्राप्त हुन्छ।

सेइजिन हि भने अझै पनि २० वर्ष पुगेका युवाहरूका लागि विशेष रूपमा मनाइन्छ, किनभने यसले परम्परागत मान्यतालाई अझै कायम राखेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार