टोकियो/जापान। टोकियो प्रहरीले नेपाली सहित अन्य विदेशी विद्यार्थीहरूको स्वास्थ्य बीमा कार्डको दुरुपयोग गरेर नक्कली दन्त उपचार शुल्क लिएको आरोपमा दन्त चिकित्सकहरू सहितको एक समूहलाई पक्राउ गरेको छ, जसमा २ करोड येन अनियमितता गरेको बताईएको छ।

महानगरीय प्रहरी विभागको अन्तर्राष्ट्रिय अपराध महाशाखाले ओसाकाको निशी वार्डका ३४ वर्षीय दन्त चिकित्सक हिरोताका कोयामा र नागोयाको नाकागावा वार्डमा बसोबास गर्ने कुनै निश्चित पेशा नभएका ३७ वर्षिया एक नेपाली नागरिकलाई ठगीको आरोपमा पक्राउ गरेको बताएको छ।

गत वर्ष अक्टोबरसम्म ठगीको आरोपमा पक्राउ परेका र त्यसपछि अभियोग लगाइएका अन्य पाँच जनालाई पनि पुन: पक्राउ गरिएको छ। तीमध्ये ६१ वर्षीया आकिरा ओइशी पनि छन्, जो एक दन्त चिकित्सक पनि हुन्।

सात जना संदिग्धहरूलाई मे र अक्टोबर सन २०२३ को बीचमा स्थानीय अधिकारीहरूलाई झूटा चिकित्सा शुल्क विवरण बुझाएर लगभग २ करोड येन प्रतिपूर्ति अवैध रूपमा प्राप्त गरेको आरोप लगाइएको छ।

प्रहरीले बताएअनुसार जुन सन २०२३ को सुरुमा एउटा योजनामा, समूहले नेपाल, म्यानमार र श्रीलंकाका ६२ विदेशी विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूको उपचार गरेको झूटो दाबी गरेको थियो र जालसाजीपूर्वक लगभग २८ लाख ७० हजार येन चिकित्सा शुल्क प्राप्त गरेको थियो ।

ओइशी र उनका सहयोगीहरूले नि:शुल्क दन्त जाँचको विज्ञापन गरेको आरोप छ, जसले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्यो। उनीहरूको जाँच गरिँदा, उनीहरूको बीमा कार्डहरूको फोटो खिचिएको थियो। त्यसपछि संदिग्धहरूले कोयामाको नाममा झूटा चिकित्सा विवरणहरू बनाउन जानकारी प्रयोग गरे र क्षतिपुर्ति दाबी गर्न आइची र मीए प्रिफेक्चरका स्थानीय सरकारहरूलाई बुझाए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार