टोकियो/जापान। तपाईले सन २०२४ को हिउँदो बोनस कति पाउनु भयो ? श्रम मन्त्रालयले शुक्रबार जारी गरेको एक रिपोर्ट अनुसार, जापानका ठूला कम्पनीहरूले सन् २०२४ को जाडोमा प्रदान गरेका बोनस औसतमा ८,९१,४६० पुगेको छ, जसले पाँच वर्षपछि नयाँ ऐतिहासिक उच्च स्तर तोडेको छ।

श्रम युनियन र तथा कम्पनीहरुबिच सहमति भएका जाडो बोनसको औसत आंकडा त्यस अघिको वर्षको तुलनामा ४.९३% ले बढेको छ। यो वृद्धिलाई वसन्त ऋतुमा गरिएको तलब वार्ताका कारण ३३ वर्षयताको सबैभन्दा ठूलो तलब वृद्धिको रूपमा व्याख्या गरिएको मन्त्रालयका एक अधिकारीले भने।

२१ औद्योगिक क्षेत्रहरूमध्ये १८ क्षेत्रमा औसत बोनस वर्षको आधारमा वृद्धि भएको देखिएको छ। विशेषगरी, मेसिनरी उद्योगमा यो २२.९९% ले उक्लिएको छ भने सेवा क्षेत्रमा १३.०२% ले बढेको छ।दोस्रोतर्फ, खाद्य र सुर्ताजन्य कम्पनीका कर्मचारीहरूले औसतमा १६.७६% कम बोनस पाएका छन् भने वित्तीय क्षेत्र, जसमा बीमा कम्पनीहरू पनि समावेश छन्, का कर्मचारीहरूले औसतमा ७.७७% कम पाएका छन्।

मन्त्रालयले १ अर्ब येनभन्दा बढी पुँजी भएका र १,००० वा सोभन्दा बढी सदस्य भएका श्रम युनियन भएका ३२४ कम्पनीहरूको डेटा विश्लेषण गरेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार