टोकियो/जापान। नेपालको धादिङ जिल्लाबाट जापान आएर विभिन्न पेशा/व्यवसायमा आवद्ध धादिङेहरुको संस्था धादिङ समाज जापानको छैटौँ अधिवेशन आउँदो मार्च २३ तारिखमा आयोजना हुने भएको छ ।

धादिङ समाज जापान सन २०१३ मा स्थापना भई जापान र नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। विशेषत समाजले जापानमा बसोबास गर्ने नेपालीहरुका विभिन्न कठिन् परिस्थितिहरुमा हातेमालो गर्दै आएको छ ।

समाजका महासचिव बिजय सडौलाका अनुसार,समाजको छैटौँ अधिवेशन यहि आउँदो मार्च २३ तारिक जापानको सिनोकुबो स्थित सोलमारी मुरा हलमा गरिने तय भएको हो । समाज अध्यक्ष श्यामहरि तिम्सिनाले जापानबासी धादिङ्गेहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

साथै सम्पूर्ण जापानबासि धादिङ्गे हरुलाई यस लिङ्क बाट साधारण सदस्यता लिईदिनका लागि पनि समाजले अनुरोध गरेको छ।

सदस्यताको लागि यहाँ क्लिक गर्नुहोस्

अधिवेशन हुने स्थान र समय
मिति : २०२५ -३-२३ गते आईतवार
स्थान : सोल्मारीमुरा हल
समय : १२ :०० बजे

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार