टोकियो/जापान। टोकियोको मनोरञ्जन क्षेत्र तथा रात्री जीवनको केन्द्र मानिने खाबुकिच्यो क्षेत्रमा विदेशी पर्यटकहरूलाई लक्षित गरी महिलाहरूलाई वेश्यावृत्तिमा बाध्य पारेको आरोपमा सात जना पुरुष पक्राउ परेका छन्
शिन्जुकुको केन्द्रमा खुलेको यो नयाँ प्रकरण जापानभरि पहिलो पटक विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको ठूलो मात्राको वेश्यावृत्ति कारोबारको पर्दाफास भएको मानिएको छ।
महानगरिय प्रहरी विभागका अनुसार पक्राउ परेकामध्ये ५४ वर्षीय काजुकी सुदोउ नामक व्यक्ति पनि छन्, जो स्पाराकु नामक एक सैलुनका सञ्चालक हुन्। उनलाई गत आइतबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनले गएको वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म जापानको वेश्यावृत्ति विरोधी कानुनको उल्लङ्घन गरेको आरोप लागेको छ।
प्रहरीले सुदोउको भनाइ उद्धृत गर्दै भनेको छ, “सैलुनले आफूलाई जापानी महिलासँग सस्तो मूल्यमा यौन सेवा प्रदान गर्ने स्थानको रूपमा प्रचार गरेको थियो।” प्रहरीले सम्बन्धित स्थानहरूबाट चिनियाँ, भारतीय, अर्जेन्टिनी मुद्रा लगायत विदेशी मुद्रा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका २० वर्ष उमेर समूहका अर्का कर्मचारीले भने, “सैलुनले ग्राहकहरूलाई उनीहरूको देशकै मुद्रामा भुक्तानी गर्न अनुमति दिएको थियो, साथै उनीहरूलाई साथ दिने गाइडहरूबाट भुक्तानी प्रक्रिया सम्बन्धी निर्देशन पाइन्थ्यो।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




