टोकियो/जापान। टोकियो दमकल विभागद्वारा सन् २०२४ मा गरिएको आपतकालीन उद्दार संख्या ९ लाख ३० हजार नाघेको छ, जसले लगातार तेस्रो वर्ष नयाँ कीर्तिमान कायम गरेको छ।

टोकियो दमकल विभागका अनुसार सन् २०२४ मा ९ लाख ३५ हजार १ सय ६२ पटक आपतकालीन उद्दार गरिएको थियो, जुन सन् २०२३ को ९ लाख १८ हजार ३सय ११ उद्दारभन्दा बढी हो।

टोकियोको जनसंख्या पछिल्लो १० वर्षमा करिब ३% ले बढेको छ, तर एम्बुलेन्सबाट अस्पताल लगिएका बिरामीहरूको संख्या भने सोही अवधिमा १८.५% ले वृद्धि भएको छ। अस्पताल भर्ना गरिएका बिरामीहरूको वृद्धि दर जनसंख्या वृद्धिदरभन्दा ६ गुणा बढी छ।

उद्दारको संख्या गर्मी र जाडो मौसममा सबैभन्दा बढी रह्यो। विशेष गरी गर्मी याम (जुनदेखि सेप्टेम्बर) मा ७ हजार ९ सय ९३ जना हीटस्ट्रोकका कारण अस्पताल भर्ना गरिएका थिए, जुन हालसम्मकै उच्च संख्या हो।

उमेर समूहअनुसार, ७५ वर्ष वा सोभन्दा माथिका बिरामीहरू करिब ३ लाख ४० हजार रहेका थिए, जुन सम्पूर्ण उद्दारको ४०% भन्दा बढी हो। यो संख्या १० वर्षअघि भन्दा १ लाखले बढी हो।

टोकियो दमकल विभागले आफूलाई एम्बुलेन्स बोलाउनुपर्ने हो कि होइन भन्ने अन्योल भएमा #7119 मा फोन गरेर आपतकालीन परामर्श लिन सिफारिस गरेको छ। तर साँचो आपतकालीन अवस्थामा भने ढिलाइ नगरी तुरुन्तै एम्बुलेन्स बोलाउन अनुरोध गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार