टोकियो/जापान। जापानमा पनि अन्य मूलुकमा जस्तै धनीहरु झन झन धनी र गरिबहरु झन झन गरिब हुँदै जाने ट्रेन्ड कायमै रहेको देखिन्छ । नोमुरा रिसर्च इन्स्टिच्युटका अनुसार, जापानका धनी तथा अति धनी व्यक्तिहरूले राखेको सम्पत्तिको मूल्य हालसम्मकै उच्च स्तर ४६९ खर्ब जापानी येन पुगेको छ। तर, देशका अधिकांश जनताले राखेको सम्पत्तिको वृद्धिदर निकै कम देखिएको छ।
सन् २०११ देखि २०२३ सम्म जापानका धनीहरूको सम्पत्ति दोब्बर र अति धनीहरूको सम्पत्ति तिनगुणा बढेको छ। तर, देशका करिब ८०% परिवारहरूले राखेको सम्पत्ति भने ४२.२% मात्र वृद्धि भएको छ।
यो सम्पत्ति असमानताको प्रमुख कारण सेयर बजारमा भएको वृद्धिले धनी परिवारहरूलाई फाइदा पुर्याउनु हो। विशेष गरी, सन २०२३ मा जापानी येन कमजोर भएपछि धनी जापानी परिवारहरूले राखेको विदेशी सम्पत्तिको मूल्य अझै बढेको रिपोर्टमा उल्लेख छ।
सन् २०११ को अन्त्यदेखि २०२३ को अन्त्यसम्म जापानको प्रमुख सेयर बजार सूचकांक टोपिक्स (Topix) तिनगुणा बढेको छ। यसलाई सन् २०१२ मा सुरु भएका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेका आर्थिक नीतिहरू आवेनोमिक्सले ठूलो समर्थन गरेको थियो।
त्यस पछिका प्रधानमन्त्रीहरुले मध्यम वर्गलाई सहयोग पुर्याउने तथा आर्थिक वृद्धिको समान वितरणको पक्षमा वकालत गरे पनि तथ्यांकहरूले देखाएको छ कि जापानको पछिल्ला १३ वर्षका नीति धनी वर्गलाई नै बढी लाभदायक भएका छन्। सन् २०११ देखि २०२३ सम्म १३ वर्षको अवधिमा जापानमा वास्तविक तलब (Real Wages) मात्र तीन वर्ष बढेको पाइयो।
त्यसबेला, सन २०२३ मा जापानका सबैभन्दा धनी ३% परिवारहरूले देशको कुल परिवारिक सम्पत्तिको २६% भाग ओगटेका थिए।
नोमुरा रिसर्चले “धनी” परिवारहरूलाई १० करोडदेखि ५० करोड येन सम्पत्ति भएका तथा “अति धनी” परिवारहरूलाई ५० करोड येनभन्दा बढी सम्पत्ति भएका रूपमा परिभाषित गरेको छ।
रिपोर्टका अनुसार, पछिल्ला वर्षहरूमा केही परिवारहरू अनपेक्षित रूपमा धनी भएका छन्। उनीहरूको सम्पत्ति कर्मचारी सेयर स्वामित्व योजना (Employee Share Ownership Plans) र सरकारको सन् २०१४ मा सुरु भएको कर-मुक्त लगानी कार्यक्रम (Tax-Free Investment Program) को कारण बढेको हो।
साथै, सन् २०२३ यता विभिन्न आर्थिक सूचकहरूले थप वृद्धि देखाएका छन्। जसले गर्दा धनी वर्गको कुल सम्पत्तिमा अझै वृद्धि हुने संकेत दिएको रिपोर्टमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




