टोकियो/ जापान ।जापानमा रहेका सिन्धुलीबासीहरूको साझा संस्था सिन्धुली समाज जापानको दोस्रो अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मतिको आधारमा गणेश अधिकारीलाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा भोजराज श्रेष्ठ र पुष्कर पहाडी, महासचिवमा बिनोद चौहान (सुजन), सचिवमा मणिक अधिकारी, कोषाध्यक्षमा उमा कार्की र सह-कोषाध्यक्षमा तिर्थमान योन्जन चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा अविनास वाइवा, खुषिराज भट्टराई, सुजना खड्का, जगनाथ सुर्यवंसी, सुवास चौहान, खिलराज अधिकारी र सरोज पहाडी चयन भएका छन्। समाजलाई मार्गदर्शन गर्न सल्लाहकार समितिमा टीका गौतम र आकास वराइली मनोनीत भएका छन्।

सिन्धुली समाज जापानका नवनिर्वाचित अध्यक्ष गणेश अधिकारीले आफ्नो दोस्रो कार्यकालका लागि निर्वाचित गरिदिएकोमा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजको प्रवर्द्धन, एकता र आपसी सहयोगका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिन्धुलीबासीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने लक्ष्यसहित अगाडि बढेको नयाँ कार्यसमितिको सफल कार्यकालका लागि हार्दिक शुभकामना!

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार