ओसाका/जापान । मगर समुदायको ४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर जापानको ओसाकामा आईतबार नेपाल मगर संघ सांस्कृतीक समुह कान्साई ओसाकाले पहिलो पटक मगर दिवस विशेष सांस्कृतीक कार्यक्रम २०२५ आयोजना गरी मनाएको छ । विविध संस्कृतीक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित मगर दिवस मनाएको हो।
सोहि अवसरमा कान्साईमा मगर संघ स्थापना तथा मगर समुदायको उत्थानमा योगदान दिएको भन्दै भिम काउचा मगर, मन बहादुर सलामी मगर, भीम सिरिस मगर, नरेन्द्र थापा मगर र नर बहादुर जुगजालीलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरेको थियो ।
सांगितिक कार्यक्रममा कलाकारहरु पवित्रा सरतुंगे मगर, काजल गुरुङले प्रस्तुति दिनु भएको थियो भने कार्यक्रममा मुख्य आर्कषण भने मगर समुदायको मौलिक नृत्य कौडा नाच रहेको थियो । साथै स्थानिय कलाकारहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनकता दिएको थियो ।
विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन र सांस्कृतिक झाँकी प्रदर्शन लगायत कार्यक्रमको आयोजना गरी कार्यक्रम धूमधामका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको उदघाटन समारोहमा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेल, एनआरएन जापानका सचिव दिलिप कडेल, मगर संघ कान्सईका अध्यक्ष नरेन्द्र थापा मगर, उपाध्यक्ष पूर्ण गर्बुजा तथा कार्यक्रम संयोजक पृथ्वी मगरले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन प्रिसेस मगरले गरेका थिए ।
पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बिच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




