टोकियो/जापान। टोकियोमा गत वर्ष प्रहरीमा बुझाइएको हराएको नगदको रकम ४४ अर्ब ९० करोड येन पुगेको छ। जुन अघिल्लो वर्षभन्दा १.८ प्रतिशतले वृद्धि भएको छ र यो हालसम्मकै उच्च हो। यो विवरण टोकियो महानगर प्रहरीको हराएको सामान केन्द्रले यहि। फेब्रुअरी ४ तारिखसम्म सार्वजनिक गरेको हो।
सबैभन्दा धेरै फेला परेको एउटै घटनाको नगद रकम १ करोड १६ लाख येन रहेको थियो। प्रहरीका अनुसार, कोरोना प्रतिबन्धहरू खुकुलो भएपछि मानिसहरूको आवागमन बढ्नु र विदेशी पर्यटकहरूको संख्या बढ्नु यसको प्रमुख कारण हुन सक्छ।
हराएको सामान केन्द्रका विवरणअनुसार, त्यसरी हराएर भेटिएको रकममध्ये ३२ अर्ब ३० करोड येन सम्बन्धित मालिकलाई फिर्ता गरिएको छ।५ अर्ब ७० करोड येन नगद प्राप्तकर्तालाई हस्तान्तरण गरिएको छ भने ६ अर्ब ६० करोड येन नगदको मालिक पहिचान हुन नसकेपछि टोकियो महानगरको राजस्वमा दाखिला गरिएको छ।
यसैगरी, प्रहरीमा फेला परेको हराएको सामानहरूको कुल संख्या ४४ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले वृद्धि भएको हो। यो संख्या पनि हालसम्मकै उच्च रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




